कृषि प्रदर्शनीमा सात विधाका ३४ उत्कृष्ट कृषकहरु पुरस्कृत (भिडियोहरु सहित)
Published on
7:06:00 PM //
जनार्दन घिमिरे
जिल्ला कृषि विकास कार्यालय गुल्मीको आयो जनामा गुल्मीको रुरु गाविस स्थित रिडीमा कृषि मेला प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको छ । कृषकहरुले उत्पादन गरेका उत्कृष्ट कृषि उपजहरुको प्रत्यक्ष अवलोकन गरेर त्यसको वारेमा जानकारी लिने उद्देश्यले उक्त मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका योजना अधिकृत मणिरत्न अर्यालले वताउनु भएको छ । कृषि प्रर्दशनिमा जिल्ला भित्रका २० गाउँविकास समिति अन्तर्गतका एक सय ३३ जना कृषकहरुले प्रदर्शनीमा कृषि उपजहरु प्रदर्शनका लागि ल्याईएका थिए ।
मेलामा परम्परागत भन्दा केही फरक प्रकृतिका कृषि वस्तुहरु समावेस गरिएको अर्यालले जानकारी दिनु भएको छ । यस्ता तरकारी तथा फलफुल वालीहरुमा कन्ने च्याऊ, दुधा, जुनार, भुँईकटर, वनतरुल, पिँडालु, सलगम, स्थानीय कालो काउली, व्रोकाउलील, कफी लगायतका वालीहरु प्रर्दशनीमा समेटिएका थिए । प्रर्दशनिमा जरेबाली, हरियो सागबाली, काउलीबाली, फलतरकारीबाली, सुन्तलाजात फलफुलबाली, नगदेबाली र बिबिधगरि सात विधाका ३४ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको थियो । ३४ जना मध्य सवै विधामा गरि ठूलो लुम्पेक गाविस अन्र्तगतका सृजनशील, नमूना र इन्त्रेणी कृषक समूहका १६ जना कृषकहरु पुरस्कृत भएका थिए ।
प्रर्दशनी मेलाको आकर्षकको रुपमा थानपतिका कृषक वालकृष्ण ज्ञवालीले उत्पादन गरेको ६ मिटर लामो ऊखु, अर्जै गाविसका कृषक गोपाल प्रसाद गौतमले उत्पादन गरेको ६० किलोको तरुल र वले टक्सारका कृषक सुनिता पचभैयाले उत्पादन गरेको परालमा फलेका कन्य च्याऊ, ठूलो लुम्पेक गाविस निवासी विरवहादुर रानाले उत्पादन गरेको नयाँ जातको एउटै वोटमा फलेको सातकिलो वरावरको दैलाजातको गोलभेडा, लगायतका उपजहरु र थोपा सिंचाई प्रविधि रहेका थिए । रिडीमा संचालीत माघि मेलाको अवशर पारेर जिल्ला कृषि विकास कार्यालय गुल्मीले हरेक वर्ष यस्तो कृषि मेला प्रर्दशनीको आयोजना गर्दै आईरहेको छ । चारदिनसम्म संचालीत प्रदर्शनीमा एकलाख कृषकहरुले प्रत्यक्ष अवलोकन गरेको प्रर्दशनी संयोजक रामप्रसाद पाण्डेयले जानकारी दिनु भएको थियो । मेला पुस तीस गतेदेखि संचालन गरिएको थियो ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीको आयो जनामा गुल्मीको रुरु गाविस स्थित रिडीमा कृषि मेला प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको छ । कृषकहरुले उत्पादन गरेका उत्कृष्ट कृषि उपजहरुको प्रत्यक्ष अवलोकन गरेर त्यसको वारेमा जानकारी लिने उद्देश्यले उक्त मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका योजना अधिकृत मणिरत्न अर्यालले वताउनु भएको छ । कृषि प्रर्दशनिमा जिल्ला भित्रका २० गाउँविकास समिति अन्तर्गतका एक सय ३३ जना कृषकहरुले प्रदर्शनीमा कृषि उपजहरु प्रदर्शनका लागि ल्याईएका थिए ।मेलामा परम्परागत भन्दा केही फरक प्रकृतिका कृषि वस्तुहरु समावेस गरिएको अर्यालले जानकारी दिनु भएको छ । यस्ता तरकारी तथा फलफुल वालीहरुमा कन्ने च्याऊ, दुधा, जुनार, भुँईकटर, वनतरुल, पिँडालु, सलगम, स्थानीय कालो काउली, व्रोकाउलील, कफी लगायतका वालीहरु प्रर्दशनीमा समेटिएका थिए । प्रर्दशनिमा जरेबाली, हरियो सागबाली, काउलीबाली, फलतरकारीबाली, सुन्तलाजात फलफुलबाली, नगदेबाली र बिबिधगरि सात विधाका ३४ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको थियो । ३४ जना मध्य सवै विधामा गरि ठूलो लुम्पेक गाविस अन्र्तगतका सृजनशील, नमूना र इन्त्रेणी कृषक समूहका १६ जना कृषकहरु पुरस्कृत भएका थिए ।

0 प्रतिकृयाहरु