Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकिएको छैन रिडी क्षेत्रमा माघेसंक्रान्ती मेलाको रमझम

Published on 6:55:00 PM //


गगनशिला खड्का
नेपालका चारधाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण गुल्मीको रिडी क्षेत्रमा माघेसंक्रान्तीको दिनदेखि शुरु भएको माघेसंक्रान्ती मेलाको रमझम अझै सकिएको छैन । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकिमा माघे संक्रान्तिको अवसरमा काली गण्डकिमा स्नान गर्न आउने श्रद्धालुहरुको घुँईचो लागेको थियो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकिय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।
माघे संक्रान्तिको अवशरमा काली गण्डकिमा स्नान गर्न र रिषीकेशव मन्दिरको दर्शन गर्न गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्यूठान, वाग्लुङ्ग, रुपन्देही लगायतका जिल्लाहरुवाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । माघेसंक्रान्तीकोदिन नदीमा स्नान गरेर रुरुकन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुने किंवदन्ती समेत रहेको छ । संक्रान्तिको मेला भर्नकालागि टाढाटाढाका मानिसहरु संक्रान्तिको अघिल्लो दिननै रिडीमा आउने गर्दछन् ।
यो पटक पनि विगतको भन्दा धेरै श्रद्धालुहरुको उपस्थिति रहेको थियो । रीडी क्षेत्रमा सञ्चालनहुने माघेसंक्रान्ति मेला व्यापारिक दृष्टिको णले जिल्लामा निकै महत्वपूर्ण मानिन्छ । माघी मेलामा व्यापार गर्न गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची,वाग्लुङ्ग,रुकुम र रोल्पा, जुम्लासम्मका व्यापारीहरु समेत आउनेगर्दछन् । उनीहरुले ल्याएका कम्मल, काम्ला,पाखी, वासवाट निर्मित सामग्रि र ओखरका घाँजी, काठका सामग्रि, उनीजन्य वस्तुहरु,रिडीको माघी मेलामा मेला हेर्न आउने मानिसहरुका लागि थप आकर्षकका वस्तुहरु हुने गर्दछन् । मेलालाई व्यवस्थित गर्नकालगि स्थानीय क्लव र अनय संघसंस्थाले पनि विशेष सहयोग गरिरहेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग