Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्वान्टी ट्वान्टी क्रिकेट रेसुङ्गा युवा क्लबको पोल्टामा

Published on 12:08:00 AM //


मनोज बस्नेत
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको खुल्ला जिल्ला स्तरीय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा रेशुङ्गा युवा क्लब तम्घासले जित हासीँल गरेको छ । नवदिप युवा क्लब सिमीचौरलाई हराउँदै रेसुङ्गा युवा क्लब प्रतियोगितको बिजेता बनेको हो । जित सगैँ रेशुङ्गा युवा क्लबले नगद २० हजार नगद, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितको बेष्ट व्याष्ट म्यान नवपदि युवा क्लबका ध्रुब राना, बेष्ट बलर रेसुङ्गा युवा क्लबका कीरण बुढाथोकी र म्यान अफ द सिरीज रेसुङ्ग युवा क्लबका त्रिदेव कार्की भएका छन् । प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको प्रमुख आतिथ्यता रहेको प्रतियोगितको समापन कार्यक्रममा कालिदत्त गुल्मका गुल्म पति सन्तोष कुमार थापा, प्रहरी नायव उपरिक्षक राजकुमार बैदबार, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
आयोजक क्रिकेट एसोशियन अफ नेपाल गुल्मीका अध्यक्ष श्याम क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रको सञ्चालन सचिव भगत खड्काले गर्नुभएको थियो । गत ८ गतेदेखि गुल्मी तमघासको चिदीचौरमा प्रतियोगिता जारी रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग