Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङ दुदिलाभाटी हुदै गुल्मी शान्तिपुर जोड्ने सडक निर्माणमा तिब्रता

Published on 4:20:00 PM //


बागलुङको दुदिलाभाटी हुग्दिशिर हुदै गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाइएको छ । गाँउ विकास समितिको २३ लाख, जिल्ला विकास समितिको ९ लाख र भौतिक योजना मन्त्रालयको अन्तर जिल्ला जोड्ने सडक योजना अन्र्तगतको १३ लाख गरी कुल ४५ लाखको लागतमा निर्माण कार्य अघि बढाइएको छ ।
गत पुस २० गतेदेखी दुदिलाभाटीबाट पेरिबाङको देउराली हुदै निर्माण शुरु गरिएको सडक अहिले हुग्दिशिरको वडा नम्बर ७ खाल्टेखर्कमा पुगेको छ ।
उक्त सडक निर्माण भएपछि सुनौली पोखरा हुदै बागलुङ दुदिलाभाटी जाने सडक भन्दा सुनौलीबाट पाल्पा रिडी, गुल्मीको शान्तिपृुर हुदै दुदिलाभाटी जाने सडक १ सय ३३ किलोमिटर छोटो हुने दुदिलाभाटी–शान्तिपुर मोटरबाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बमबहादुर गुरुङले बताए ।
अहिले सो सडक खण्डको करिब २ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भइसकेको र हुग्दीशिरको बाराहाकोटदेखी खाल्टेखर्क सम्मको ६ किलोमिटर सडक निर्माण सम्पन्न भए सिधा गुल्मीको शान्तिपुर जोडिने गुरुङले बताए ।
दुदिलाभाटी हुग्दिशिर हुदै शान्तिपुर जोडिएमा बिशेष गरी दुदिलाभाटी, हुग्दिशिर र गुल्मीको शान्तिपुरका बासिन्दा लाभान्वित हुने समितिले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग