Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अगरबत्तीबाट सल्कीएको आगोले साढे ८ लाख बराबरको क्षती

Published on 12:06:00 AM //


मनोज बस्नेत
पुजा गर्न बालेको अगरबत्तीबाट सल्कीएको आगोले गुल्मीको इस्मा रजस्थलमा साढे ८ लाख बराबरको क्षती गराएको छ । इस्मा रजस्थल गाविसको वार्ड नम्बर ५ सिरारका नर बहादुर जिसीको ढुङ्गे बङगालोमा शनिबार बिहान आगोलागी भएको हो । आगालागीबाट बङगालोमा रहेको गरगहना, महत्वपुर्ण कागजातहरु नागरीकता, सर्टिफिकेट, मार्कसीट कपडा, घाँस लगाएतका सामाग्री जलेर नष्ट भएका छन् ।
स्थानीयबासीले समयमै उद्धार गरेकोले बाधिँएका पशुहरु भने सकुसल रहेका छन् । आगोलागीबाट ८ लाख ३५ हजार २ सय ५० रुपैँया बराबरको क्षती भएको घट्ना स्थलमा पुगेको पौँदीअमराई प्रहरी चौकी पौदिँअमराईलाई उदृत गर्दै स्थानीय पुर्णचन्द्र महतले जानकारी दिनुभएको छ । बङगालो पुर्ण रुपमा क्षती ग्रस्त भएपछी पशुहरुलाई अहिले हिउँदे गोठमा बाधिँएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग