Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिब्र पार्‍यो गुल्मी प्रहरीले टोल सुधार समिति गठन प्रक्रिया

Published on 5:04:00 PM //

सभ्य र शान्त समाज निर्माणका लागी समुदायको भुमीका मह्त्वपुर्ण हुने भन्दै जिल्ला प्रहरी कार्यलय गुल्मीले थालेको टोल सुधार समिति गठन प्रक्रिया गुल्मी जिल्लामा तिब्र रुपमा अगाडी बढेको छ । यसैविच हाडहाडे गाविसको वडा नम्वर ३ मा पनि टोल सुधार समिति गठन गरिएको छ ।
स्थानीय स्तरमा हुने झै—झगडा, कुटपिट र गाली बेइज्जती सम्वन्धी घटनाहरुलाई जिल्ला स्तरमा भन्दा स्थानीय तहबाटै मिलाउँनका लागी गठन गरिएको ११ सदस्यीय टोल सुधार समितिको अध्यक्षमा सुजन पुन रहनुभएको छ ।
स्थानीय राजनितिक दल, समाजसेबी, शिक्षक, बुद्धीजीबी, नागरिक समाज, महिला क्बल लगायतको उपस्थितीमा गठन गरिएको समितिको उपाध्यक्षमा दिलमाया घम, सचिब सचिव विष्णु पुन, सहसचिव यम वहादुर घम, कोषाध्यक्षमा श्याम वहादुर विश्वकर्मा, सदस्यहरुमा मान कुमार नगरकोटी, तुलसा विक, कल्पना खत्री, हिम वहादुर विक, सनकुमारी घम र झगु प्रसाद पाखे्रल रहनुभएको छ ।
इलाका प्रहरी कार्यलय चौकी पुर्कोटका हवल्दार वसन्त पुनको नेतृत्वमा आएको एक टोलीले समिती गठन गरको स्थानीय रमेश लोहनीले जानकारी दिनुभयो । यता अर्जे गाविसमा टोल सुधारको समितीको वैठक सम्पन्न भएको छ । टोल सुधार समितीका अध्यक्ष सेर वहादुर केसीको अध्यक्षतामा वसेको वैठकले मदिराकोे वेचविखन साँझ पाँच वजेसम्म रोक लगाउने, जुवातास खेल्ने सुचना पाएको भन्दै रोक्न आग्रह गर्ने, लगायतका निर्णय गरेको शोभाखर गिरीले जनाकारी दिनुभएको छ ।

राम्राकुरा डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग