Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा तेश्रो जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता शुरु

Published on 6:46:00 PM //


जनार्दन घिमिरे
क्रिकेट एसोशियसन अफ गुल्मीको आयोजनामा आजदेखि गुल्मी जिल्लामा तेश्रो जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आजको खेलमा रेसुङ्गा वहुमुखि क्याम्पस तम्घास र धागिथुम युवा कलव वीच प्रतिस्पर्धा भएको थियो । आजको खेलमा धागिथुम युवा कलव विजयी वनेको थियो । शुरुमा टस जितेर व्याटिङ्ग रोजेको क्याम्पसले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १६ रन वनाएको थियो ।
१ सय १७ रनको विजय लक्ष्य पाएको युवा कलवले १ सय १६ रनमा नै समेटिएपछि खेल सुपर ओभरमा धकेलएको थियो । सुप ओभरमा ४ रनको विजय लक्ष्य पाएको धागिथुम युवा कलवले विना विकेटको क्षतीमा विजय प्राप्त गरेको थियो । सदरमुकाम तम्घासमा संचालन भएको उक्त प्रतियोगितामा २२ टिमहरुको सहभागिता रहेको छ । खेल यही माघ १४ गतेसम्म संचालन हुने आयोजकले वताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग