Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा नाचौँ टु को अडिसन सम्पन्न

Published on 12:05:00 AM //


मनोज बस्नेत
लुम्बिनी अञ्चलमा हाल सम्मकै सर्वाधीक धनराशी पुरस्कार रहेको प्रथम खुल्ला अञ्चल स्तरीय एकल नृत्य प्रतियोगिता नाचौँ टु को अडिशन शनिबार गुल्मीको तम्घासमा सम्पन्न भएको छ । जिल्ला भरका ४३ जना प्रतियोगि सहभागी अडीशनमा २० जना प्रतियोगि मात्र अर्को राउनण्डमा प्रबेश गरेका छन् । प्रतियोगिताको दोस्रो राउण्ड रुपन्देहिको बुटबलमा सञ्चालन हुने छ ।
अडिशन राउण्डको मुख्य आयोजकको रुपमा सत्य शाही कला केन्द्र रहेको छ भने स्थानीय आयोजकको रुपमा रेशुङ्गा युवा क्लब तम्घास रहेको छ । प्रतियोगिताको चैतको पहिलो हप्ताबाट लुम्बीनी सामुदायिक टेलिभिजन रुपन्देहिले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । यस अघि पाल्पा र अर्घाखाँचीमा अडिशन राउण्ड सम्पन्न भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग