Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी पल्टियो तेल बोकेको ट्याङ्कर (फोटोहरु)

Published on 7:30:00 PM //


१२००० लिटर डिजेल बोकेर बुटवल देखी चोरकाटे तर्फ जाँदै गरेको ना २ ख ४०७५ नम्बरको ट्याङ्कर शनिबार बिहान रिडी-रुद्राबेणी सडक खण्डको साँघुरेमा दुर्घटना भएको छ । बिहान करिब पौने ४ बजे तिर दुर्घटनामा परेको उक्त ट्याङ्करमा रहेको डिजेल भने चुहिएर नष्ट भएको दुर्घटनास्थलबाट पाण्डव गौतमले जानकारी गराएका छन । ट्याङ्कर अत्यन्त साँघुरो स्थानमा पल्टिएको हुँदा शनिबार दिनभरी रिडी-रुद्राबेणी सडक अबरुद्द रह्यो । घटनाको जानकारी प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । अहिले सम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन त्यसैगरी दुर्घटनाबाट एक यात्रुलाई सामान्य चोटपटक लागेको भए पनि चालक र सवार अन्य सकुशल रहेको जानकारी प्राप्त भएको छ । थप विवरण प्राप्त भएमा अप्डेट गर्नेछु , अहिलेलाई हेरौँ दुर्घटनाग्रस्त ट्याङ्करको फोटोहरु:









0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग