Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेस युनियनको वैठकले शोक प्रस्ताव पारित गर्यो

Published on 2:30:00 AM //


जनार्दन घिमिरे
नेपाल प्रेस युनियन गुल्मीको वैठक बिहीवार सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । युनियनका जिल्ला शाखा अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता र केन्द्रिय सदश्य जनार्दन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा दुईटा छट््टा छुट्टै शोक प्रस्ताव समेत पारित गरिएको थियो ।
वैठकले नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद तथा सल्लाहकार तम्घास गाविस निवासी श्रीप्रसाद भलामीकी ममतामयी माता सकुन्तला भलामीको यही पुस २४ गतेका दिन ६७ वर्षको उमेरमा भएको असामयीक निधन र सोही दिन नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद तथा जिल्ला समिति सदश्य बम्घा गाविस निवासी हेम त्यागीकी ६९ वर्षीय ममतामयी माता चन्द्रकला भण्डारीको असामयीक निधनले नेपाल पे्रस युनियन गुल्मी परिवार अत्यन्त स्तव्ध एवं मर्माहत भएको वताइएको छ ।
वैठकले शोकको यस घडिमा उहाँहरु दुवै जनाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोकाकुल परिवारजन तथा आफन्तजनहरुमा पर्न गएको शोकलाई शक्तिमा वदल्न सक्ने प्रेरणा भगवानले प्रदान गरुन् भन्दै हार्दिक समवेदना समेत प्रकट गरेको छ । वैठकमा शाखा सल्लाहकार रेशम कुँवर, उपाध्यक्ष द्वय छवि पाण्डे, जीडिजोन रियाज, कोषाध्यक्ष तेजेन्द्रकुमा श्रेष्ठ, सदश्य ताराप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग