Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परदर्शी नेपालको तदर्थ समिति गठन

Published on 3:24:00 PM //


घनश्याम गौतम
अनियमितताको छानविन र सुशासन कायम गर्ने उद्देश्यले जिल्लामा पारदर्शी नेपालको ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघको पहलमा गठन भएको संस्थाको अध्यक्षमा व्यवसायी श्यामकुमार पाण्डे चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुशिला मरासिनी, सचिवमा गगनशिला खड्का, कोषाध्यक्षमा महाशर्मा भण्डारी रहेका छन् ।
सदस्यहरुमा बेदप्रसाद कु“वर, नरेश भण्डारी, अञ्जु निरौला, धनेन्द्र विश्वकर्मा र पि.एम. मगर रहेका छन् । समितिले छ महिना भित्रमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सदस्यता लिने र सदस्यता विस्तार गरी अधिवेशन गर्ने जिम्मेवारी पाएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग