Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आधारातमा रंगेहात समातिए शाहरुख र प्रियंका

Published on 4:53:00 PM //


बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपाबीचको बढ्दो हेलमेलको विषय पछिल्लो समयमा निकै चर्चाको विषय बनिरहेको छ । प्रियंकासँग लहसिन थालेपछि शाहरुखको घरबार समेत बिगि्रन लागेको हल्ला समेत चल्ने गरेको छ ।
दुबैजनाले आफुहरुको सम्बन्ध विशुद्ध मित्रवत् रहेको बताइरहेपनि हावा नचली पात हल्लिन्न भन्ने उखान पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रियंकालाई आधारातमा शाहरुखको अफिसमा भेटिएपछि सामान्य मान्छेले पनि उनीहरुको सम्बन्धमा औँलो ठडाउने परिस्थिति बनेो हो ।
घटना जनवरी १८ को हो । मुम्बइको खार वेस्टमा रहेको शाहरुखको प्रोडक्सन अफिस रेड चिलिज मा राति ११ बजे प्रियंकाको प्रवेश भयो । रातिको एकान्तमा अफिसभित्र शाहरुख र पि्रयंकाले झण्डै ४ घण्टा बिताए । बिहान ३ बजे मात्र पि्रयंका शाहरुखको अफिसबाट निस्किइन् ।
प्रियंका शाहरुखको खोपीमा छिरेको खबर एक कान दुइ कान मैदान हुँदै फैलिएछ । त्यस्तो ब्रेकिङ न्युज थाहा पाएपछि त्यहाँ केही फोटोग्राफरहरु पुगिहाले । जब प्रियंका बाहिर निस्किइन् तब उनको सातोपुत्लो उड्यो । ढुकिरहेका फोटोग्राफरले क्लिक उनको फोटो खिचे । प्रियंका फोटोग्राफरसँग नराम्ररी रिसाइन् र पछि प्रियंकाका निजि गार्डले फोटोग्राफरलाई रोके ।
प्रियंका र शाहरुख आधारातमा रंगेहात भेटिएपछि बलिउडमा अहिले ठूलै तहल्का मच्चिएको छ । कतिपयले निकट भविष्यमा हुने मकाउ सिने अवार्डमा ती दुइले उद्घोषण गर्ने भएकाले रातिको एकान्त र फुर्सदको समयमा उद्घोषणको अभ्यास गर्न भेट गरेको हुनसक्ने पनि बताएका छन् । तर आधारातमा शाहरुख र प्रियंका उद्घोषणको अभ्यासका लागि भेट भएका हुन् वा अरु अभ्यास गरे त्यो भगवान जानुन् ।
अन्लाईन खबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग