Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाइजेरियामा दुई नेपाली मारिए, कतारमा सय बन्धक

Published on 3:24:00 PM //

पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शुक्रबार भएको श्रृङखलाबद्ध आक्रमणमा परि दुई नेपालीको ज्यान गएको छ ।

मृत्यु हुने नेपालीहरु हरिप्रसाद भुसाल र राज सिंह रहेको त्यहाँस्थित भारतीय काउन्सीलरले जनाएका छन् । दुवैको नेपालको ठेगाना खुल्न सकेको छैन् । मुस्लिम अतिबादी समूह बोको हरामले शुक्रबार दोस्रो ठूलो शहर कानोमा आक्रमण गर्दा कम्तीमा एक सय ८० जनाको ज्यान गएको थियो ।

दुई नेपाली चढेको कार आक्रमण भइरहेको क्षेत्रमा प्रवेश गरेपछि उनीहरुको मृत्यु भएको भारतीय काउन्सीलरको बिज्ञप्तीमा उल्लेख छ । उनीहरुको मृत्यु बिष्फोट वा गोली प्रहार के बाट भएको हो भन्ने खुलाइएको छैन् । गैरआवासीय नेपालीहरुको वेबसाइटमा करिव १ सय नेपाली रोजगारीका शिलशिलामा नाइजेरियाको रहेको उल्लेख रहेको आजको नागरिक दैनिकले छापेको छ ।

यसैवीच कतारको अध्यागमन कार्यालयले एक सय भन्दा बढी नेपाली कामदारलाई पक्राउ गरि ५ दिनदेखि थुनेर राखेको छ । आफु कार्यरत कम्पनीमा कानुनविपरित हड्ताल गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

पक्राउ परेका एक नेपालीका अनुसार एउटा कम्पनीको दुई हलमा नेपाली कामदारलाई थुनेर राखिएको छ भने बाहिरबाट प्रहरीले घेरिरहेको छ । उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग