Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी उद्योग वाणिज्य संघको २० औँ साधरण सभा सम्पन्न

Published on 6:53:00 PM //


गगनशिला खड्का
जिल्ला अदालत गुल्मीका प्रमुख तथा जिल्ला न्याधिश कृष्णराम कोइरालाले नेपालका राजनैतिक दलहरुले समयमै संविधान निर्माण गर्न नसक्दा त्यसको प्रत्यक्ष असर जनतामा परेको  बताउनुभएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २० औँ साधरण सभाको अवसरमा बोल्दै न्याधिश कोईरालाले नेपालका राजनैतिक दलको जस्तो अन्तर्बिरोध गुल्मीका राजनैतिकदलहरुमा  आफुले नपाएको बताउनुभयो । उहाँले संयोगबश नेपालका राजनैतिक दलहरुको जस्तो झगडा गुल्मीका राजनैतिकदलहरुका विच नभएको हुदाँ गुल्मीको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले समग्र देश र सरकार आर्थिक क्षेत्रको विकासका लागि लागरिहेको समयमा गुल्मी उद्योग वाणिज्य संघको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि उद्योग वाणिज्य संघले निभाएको भुमिकाप्रति आभार प्रकट गर्नुभएको थियो । नेपालले गुल्मी जिल्ला आर्थिक र पर्यटकिय विकासको सम्भावना बोकेको  जिल्ला भएको हुदाँ त्यसको विकासका लागि गुल्मी उद्योग वाणिज्य संघले अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साधरणसभामा एकिकृत नेकपा माओबादीका निम बहादुर पाण्डेय,नेपाली काँग्रेसका उपसभापती भुबन प्रसाद श्रेष्ठ,राष्ट्रीय प्रजातन्त्र पार्टीका भरत चन्द,राष्ट्रीय जनमोर्चाका कमल प्रसाद अर्याल,राप्रपा नेपालका ठाकुर प्रसाद पाण्डेय लगाएतले साधरण सभाको सफलताको शुभकामना दिदै गुल्मी उद्योग वाणिज्य संघले गुल्मी जिल्लामा अहिले सम्म गरेका प्रत्येक कामहरु समाजको हितका लागि भएको बताउनुभएको थियो ।
उहाँहरुले गुल्मी उद्योग वाणिज्य संघले आगामी दिनमा गर्नुपर्ने धेरै कामहरु भएको उल्लेख गर्दे सामाजिक उत्तरदायित्व मुलक संस्था भएकोले यसका चुनौती पनि रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने बतmाहरुले गुल्मी उद्योग वाणिज्य संघले प्रस्तुत गरेको कार्यसमिति प्रतिबेदनमा आर्थिक विकासका विषयहरु समेटिएको बताएका थिए । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता रहेको साधारण सभामा संघका महासचिब कृष्ण प्रसाद पाख्रलले कार्यसमितिको प्रतिबेदन प्रस्तुत गर्दे गुल्मी उद्योग वाणिज्य संघले एक वर्षको अबधिमा गरेका कामहरुको विषयमा जानकारी गराउनुभएको थियो ।
महासचिब पोख्रलले ६ पृष्ट लामो प्रतिबेदन प्रस्तुत गर्दे विभिन्न समयमा बसेको गुल्मी उद्योग वाणिज्य संघको निर्णयहरु सार्वजनिक गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष गोमराज श्रेष्ठले आर्थिक वर्ष २०६७-६८ को आर्थिक र २०६८-७९ को अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले २०६७-६८ को ८ लाख ८१ हजार ८४ रुपैया ७१ पैसाको यथार्थ आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने२०६८-६९ का लागि  ११ लाख ८३ हजार ५ सय को अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । गुल्मी उद्योग वाणिज्य संघले साधरण सभाको अवसरमा पारेर प्रथम गुल्मी महोत्सवलाई आर्थिक,सामाजिक र नैतिक तरिकाले सहयोग गर्ने व्यतmी र संघसंस्थालाई कदरपत्र प्रदान गर्नुका साथै पर्यटकिय स्थल लसुनेडाँडामा दिवाभोजको समेत आयोजना गरेको थियो । ्राजनैतिक दल,गुल्मी जिल्लाका सम्पुर्ण कार्यालय प्रमखहरु,पत्रकार,प्रध्यापक र व्यापारीहरु गरी करीब ४ सय जनाको सहभागीता रहेको साधरण सभाको सञ्चालन महासचिब कृष्ण प्रसाद पोख्रलले गर्नुभएको थियो  ।
साधरण सभाको खुल्लासत्र पछि चलेको बन्दसत्रले महासचिब कृष्ण प्रसाद पोख्रल र कोषाध्यक्ष गोमराज श्रेष्ठको आर्थिक प्रतिबेदन पारित गरेको छ । प्रतिबेदनमा उल्लेखित सिमिचौरमा रहेको एयरपोर्ट,तम्घास अस्पतालका स्तरबृद्धी,जिल्लामा सुविधा सम्पन्न सभाहल निर्माण,तम्घास मिलनचोकमा स्थायी प्रहरीविट निर्माण,तम्घास बजार नजिक रहेका खोलाहरु सफाई  र डम्पीङ्गसाईडको उचित व्यवस्थापन गर्ने समन्धमा प्रस्ताब पारित गरेको छ । साथै बन्द सत्रले गुल्मी जिल्लाको कृषी क्षेत्रको विकास गर्नका लागि जिल्ला कृषी विकास कार्यालय र गुल्मी उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा झापाली केराको  नमुना खेती गर्ने प्रस्ताव पनि पारित गरेको छ । जसका लागि गुल्मी क्षेत्र नं १ र ३ को उपयुतm स्थानमा गर्ने नमुना खेतीका लागि गुल्मी उद्योग वाणिज्य संघले एक लाख २५ हजार विनियोजन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग