Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्तन बढाउन बैंकमा लुटपाट

Published on 4:36:00 AM //

मान्छेलाई सुन्दर देखिन कसलाई मन लाग्दैन र ? औकात हुनेले मोटो रकम खर्चेर भएपनि विभिन्न उपचार गरेर सुन्दर बन्ने प्रयास गर्छन् । तर जो सँग पैसा हुँदैन उसले अरुको देखासिकी गरेर भएन । आफ्नै प्राकृतिक जिउडाल र स्वरुपलाई सुन्दर मान्नु नै उत्तम हो । वास्तवमा बनावटी सरीर भन्दा आफ्नो सक्कली जिउडाल नै राम्रो हो ।
तर सबैको हकमा लागु हुँदैन यो कुरा । राम्रो देखिनका लागि मान्छे मरिहत्ते गर्छन्, यतिसम्म्मकी अपराध गर्न पनि पछि पर्दैनन् । जर्मनीकी एक महिलाले यस्तै गरेकी छिन् । आफ्ना स्तनको आकार बढाउने सर्जरी गराउन पैसा नभएपछि उनले पैसाको जोहो गर्न बैंकमा लुटपाट गरिन् ।
प्रहरीका अनुसार २३ वर्षकी म्याडी लरेन्जले ब्रेष्ट सर्जरीको लागि पैसा जुटाउन आफैले जागिर गर्ने वर्लस्थित स्पार्कसी सेभिङ बैंकमा लुटपाट गरेकी हुन् । आफ्ना स्तन निकै साना भएपछि चिन्तित बनेकी उनी अरु तीन जना सहयोगीको साथमा बैंकमा गएर लुटपाट गरिन् । उनको समूहले ९५ हजार युरो लुटेको थियो ।
लुटेर पैसा जम्मा गरेकै दिन उनले कस्मेटिक सर्जनलाई सम्पर्क गरेर ब्रेष्ट सर्जरी गराउने मिति समेत लिएकी थिइन् । तर बिचरी अनुसन्धानको क्रममा उनी नै लुटपाटमा संलग्न रहेको पाइएपछि प्रहरीले पक्राउ गर्यो र उनको बुबु बढाउने योजना असफल भयो । अल्सबर्ग जिल्ला अदालतले लुटपाटको अभियोगमा उनलाई १५ वर्षको सजायँ सुनाएको छ । आफु जस्तो छु त्यस्तैमा सन्तुष्टी लिनुको साटो अरुको देखासिकी गर्दा यस्तै हुन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग