Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुस्त श्रवण वालवालीकाहरुकालागि सामग्रि हस्तान्तरण

Published on 7:57:00 PM //


जनार्दन घिमिरे
गुल्मीको सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्यनरत सुस्त श्रवण तथा वहिरा वालवालीकाहरुकालागि आज एक कार्यक्रमका वीच १२ थान बल्याङ्केट तथा रासन सामग्रि वितरण गरिएको छ । धागिथुम स्थित कालीदत्त गुल्मको सहयोगमा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले उक्त सामग्रि विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले कालीदत्त गुल्मले यस्ता प्रकारका वालवालीकाहरुकालागि गरेको सहयोग अत्यन्त सह्रानीय भएको भन्दै अपाङ्ग वाललीकाहरुकालागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापाले आफुले गरेको सहयोग कहि कतैवाट प्राप्त गरेको नभई नितान्त गुल्मको रासन खर्चवाट केही वचाएर जम्मा गरेको रकमवाट उक्त सहयोग गरेको वताउनु भयो । उहाँले समाजमा अपाङ्गतालाई हेर्ने दृष्टिकोणमा परिवर्तनगरि सहयोग गर्न सकेमा उनीहरुलाई सानो सहयोगले पनि ठूलो फाइदा पुग्ने उहाँले वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, विद्यालयका प्राधानाध्यापक गणेश वहादुर अधिकारी, अभिभावक संघका अध्यक्ष छवि पाण्डे लगायत, शिक्षक, शिक्षिका तथा छात्रछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका श्रोत शिक्षक राममणी पन्थीको स्वागत मन्तव्य र शिक्षक रामवहादुर वस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग