Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा मरेका नेपालीको सुटुक्क अन्त्येष्टि, परिवार बेखबर

Published on 3:21:00 PM //


रघु त्रिपाठी
२९ पुस, काठमाण्डौ । धन कमाउन र परिवारको उज्वल भविष्यको कल्पना गर्दै २३ वर्ष अघि घर छाडेका इन्द्रबहादूर सुनारको डेढ महिना अघि दक्षिण कोरियामा रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युको कारणसम्म थाहा हुन नपाउँदै मृतक सुनारको शवलाई रहस्यमय ढङ्गले दूई साता अघि कोरियामै अन्त्यष्टि गरिएको खुलासा भएको छ ।
गुल्मी घर भएका सुनारको नेपालमा श्रीमती र एक छोरा रहेको बुझिएको छ । मृतक सुनारका छोरा आˆना बुवाको दाहसंस्कार गर्न कोरिया आउने भनिए पनि उनि नआएको श्रोतले जनाएको छ । डिसेम्वर २९ तारिखका दिन नेपाली दूतावासका कार्यवाहक राजदूत राजाराम बर्तौलाको निर्देशनमा मृतक सुनारको दाहसंस्कार गरिएको थियो भने शब दाहस्थलमा दूई जना मात्र नेपाली पुगेको बुझिएको छ । दूतावासका तत्कालिन कर्मचारी दावा शेर्पाले माथिबाट हाकिमको निर्देशन अनुरुप आफुले काम गरेको जनाउँदै बाँकी कुरा हाकिमलाई नै सोध्न भनेका थिए ।

उनले भनेका हाकिम अर्थात नेपाली राजदूतावासका दूतावासका कार्यवाहक राजदूत बर्ताैलाले यसबारे आफुलाई जानकारी नभएको बताउनुभयो ।
सुनारको मृत्यु के कति कारणले भएको हो भन्ने सम्बन्धमा परिवार तथा कोरियामा रहेका नेपालीहरु बेखबर छन् । एकजना नेपालीको विदेशी भुमिमा मृत्यु हुँदा नेपालीहरुलाई नै खबर नगरिकन गुपचुप रुपमा दाहसंस्कार गर्नु के उचित हो त ? कुनै नेपालीको मृत्यु हुन्छ भने नेपालीहरुले नै श्रद्धान्जली अर्पण गर्न समेत नपाउने यो कस्तो बिडम्बना हो भन्ने खालका प्रतिक्रियाहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले व्यक्त गरेका छन् ।
दक्षिण कोरियामा नेपाली दूतावासको स्थापना भएपछि ४ वर्षमा ३५ जना नेपालीको मृत्यु भइसकेको छ भने हरेक मृतकहरुको अन्त्येष्टिमा यहाँ रहेका नेपालीहरु एकजुट भएर श्रद्धासुमन प्रकट गर्ने र अब उप्रान्त यस्ता दुःखद घटनाहरु नदोहोरियोस् भन्ने कामना गर्दै मृतकका परिवारजनलाई आर्थिक सहयोग समेत गर्दै आएका थिए ।
तर यसपटक न त मृत्युको कारणबारे जानकारी दिइयो, न त उनको दाहसंस्कार बारे नै ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग