Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धार्मिकस्थल रूरू क्षेत्र प्रदूषित

Published on 5:07:00 PM //


पर्यटकीय एवं धार्मिकस्थल रूरू क्षेत्र प्रदूषित बनेको छ । कालीगण्डकी किनारमा रहेको तीन जिल्लाको संगमस्थल मानव बस्ती विकाससँगै प्रदूषित बनेको हो ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा पानीको वहाव कम भएसँगै प्रदूषण बढेको स्थानीय दुर्गादत्त रेग्मीले बताए । 'मानव बस्तीको विकास र पानीको वहावले समस्या ल्याएको हो' उनले भने, 'त्यसैको असर अहिले पर्दै गएको छ ।' नेपालका चार धाममध्ये रूरू क्षेत्र पनि एक हो ।

पछिल्लो समयमा यस क्ष्ाेत्रको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । रूरू क्ष्ाेत्र संरक्षण विकास समिति गठन भए पनि कार्यक्रम केही नआएको स्थानीय विष्णु परियारले बताए । उनका अनुसार नदी किनारमा जथाभावी शव जलाउने, गिटी, बालुवा निकाल्ने, बजारबाट निस्कने फोहोरजन्य पदार्थ सोझै कालीगण्डकी नदीमा मिसाउने गरिएको छ । शव जलाएपछि सफा नगर्ने र दाउरा, अंगार, लथालिंग छाड्दा थप प्रदूषण हुने गरको छ ।

नदीको कटान ऋषिकेशव मन्दिरतर्फ लागेको छ  । संरक्षण नहुँदा नदीले मन्दिरतर्फ कटान गरेको छ । दुई सय मिटर बढी खुला चौर नदीले कटान गरिसकेको परियारले बताए । स्थानीयका अनुसार बर्सेनि नदीले खाली जग्गा कटान गर्दै लगेको छ । 'नदीले बर्सेेनि खुला क्षेत्र कटान गरेको छ' परियारले भने, 'तर, यसतर्फ ध्यान दिइएको छैन ।' नदी कटानका कारण यो क्षेत्र गिटी र बालुवाले भरिएको छ ।

नदी छेउबाट निकाल्ने बालुवा, ढुंगालगायतका वस्तु निकाल्दा रूरू क्षेत्र प्रदूषित बनेकोमा स्थानीय चिन्तित बनेका छन् ।

कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग