Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीमेला पहिले पहिले भन्दा ब्यवस्थित हुने

Published on 4:51:00 PM //


शिबलाल सुबेदी
बिगतका बर्षहरुमा भएका बिभिन्न कमिकमजोरीहरुलाई मध्यनजर राख्दै गुल्मी, पाल्पा र स्याङ्गको सगंमस्थल रहेको रिडीमा माघे संक्रान्तिमेलालाई  यसपटक थप ब्यवस्थित बनाईने भएको छ। अघिल्ला बर्षहरुमा पार्किङ्ग लगायत मन्दिरमा पुजाआजा गर्न जाने श्रद्धाजु भक्तजनहरु लाई लाइनमा मिलाउने तथा कालिगण्डीमा नुहाउदाँ हुन सक्ने बिभिन्न समस्याहरुलाई मध्यनजर राख्दै ब्यवस्थित बनाउनका लागि पाल्पा जिल्ला प्रमुख तथा गुल्मी जिल्ला प्रमुखहरु ीबच छलफल भएको हो ।
गत बर्षको रिडी मेलामा आस्थाइ पुलबाट वारपार गर्दै श्रद्दालु ।
फाइल फोटो: घनश्याम गौतम 
रुरु क्षेत्र विकास ब्यवस्थापन समितीका सम्पूर्ण प्रदाधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमीरे , जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार, गुल्मीका स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल लगायत गुल्मी तथा पाल्पाका अन्य सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको छलफलले रिडी माघेसक्रान्ति मेलालाई अघिल्ला बर्षहरुमा भन्दा ब्यवस्थित बनाउने निर्णय गरेको हो । माघे सक्रान्ति मेलाका अवसरमा गुल्मी, पाल्पा, र स्याङजाको सगंम स्थल रिडीमा हजारौ श्रद्धालु भर्तजनहरुको घुईचो लाग्ने गर्दछ । मेलामा सयौ सवारीका साधनहरु रिडीमा आउने हुनाले यस पटकको मेलामा पाकिङ्ग थप ब्यवस्थित बनाउने रुरु क्षेत्र ब्यवस्थापन विकास समितीले जनाएको छ ।
धार्मिक मेलालाई शान्त बातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कायलय गुल्मीले यस बर्ष अघिल्लो बर्षको तुलनामा दोब्बर प्रहरी परिचालन गरि सुरक्षा अवस्थाा कुनै कमि आउन नदिने जनाएको छ भने पाल्पा जिल्ला प्रहरीले पनि त्यत्तिकै सुरक्षा प्रदान गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारका अनुसार मेलामा बिभिन्न क्षेत्रका मानिसहरुको जमघट हुनाले कुनै पनि घटनाहरु नघटोस तथा श्रद्धालु भक्तजनहरुले कालिगण्डकीमा नुहाउने तथा मन्दिरमा भगवानको दर्शन गर्न सजिलो होस भन्नका लागि अघिल्लो बर्षको तुलनामा यस बर्ष केही प्रहरीहरुको सख्या थपिने बताए ।
खोलामा बनाईएको अस्थायी पुलमा एक पटकमा करिव २० जनाले मात्र वारपार गर्ने ब्यवस्था मिलाइएको छ एक पुलमा ४ जनासम्म प्रहरी बस्ने छन राजकुमारले भने त्यसैले पनि अहिले पुलमा कुनै जोखिम छैन । त्यस्तै बिगतका बषहरुमा जस्तै यस बर्ष तीर्थस्थलमा मदिराजन्य पदार्थहरु बिक्रि बितरणमा रोक लगाइएको छ भने सामान्य स्वास्थ समस्याका लागि प्राथमिक उपचारको ब्यवस्था समेत गरिएको रुरु क्षेत्र विकास ब्यवस्थापन समितीका अध्यक्ष तथा रुरु गाविस सचिव बोदराज आचार्यले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग