Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साताभरिका गतिबिधिहरु तस्बिरमा (फोटो फिचर)

Published on 6:47:00 PM //

गत १ हप्ताभरिका गुल्मी जिल्लामा भएका गतिबिधी तथा घटनाहरुको  फोटोहरु: 
धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको तेस्रो साधारण सभाको शुक्रबार पानसमा पत्ती बालेर उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल । फोटो: कृष्ण प्रसाद पोख्रेल  


सम्झना नेताको: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको १ वर्षको पुण्य तिथिको अवसरमा तम्घासको सहिद चोकमा शुक्रवार साँझ दिप प्रज्वलन गर्दै नेविसंघका नेता एवं कार्यकर्ताहरु । एक वर्ष अगाडी काठमाण्डौका एक होटलमा मृत अवस्थामा फेला परेका भण्डारीको मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । तस्विर ः घनश्याम गौतम
तम्घासको महेन्द्र उच्च माविले तिन वर्ष देखि गर्दै आएको महेन्द्र ताराको यस वर्षको ताज पहिरिदै जयन्ती कुँवरले स्कुलको तिन हजार नगद, मेडल र प्रमाणपत्रसंगै थुप्रै पुरस्कार समेत हात पारिन । तस्बिर: घनश्याम गौतम
रिडी रुद्राबेणी सडक खण्ड अन्तर्गत साँघुरेमा आज शनिबार बिहान ट्याङ्कर दुर्घटना, १२००० लिटर डिजेल पोखिएर नष्ट, दिनभर सडक अबरुद्द । तस्बिर: पाण्डव गौतम
गुल्मी उद्योग वाणिज्य संघको साधरण सभामा उपस्थित अतिथिहरु । तस्बिर: कृष्ण प्रसाद पोख्रेल
गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा प्रा. लि. तमघास गुल्मीको गत मंगलबार सम्पन्न पाँचौ साधारण सभा उपस्थित रेडियो सञ्चालक समितिका पदाधिकारी, शेयरधनी सदस्य लगायतका अतिथिहरु । तस्बिर: घनश्याम पौडेल
गुल्मीको अमरपुर स्थित श्री अमरपुर ओम प्रसाद गौतम उच्च माबिको स्वर्ण महोत्सबमा उपस्थित दर्शकहरुको भिड । तस्बिर: बैकुण्ठ महत
धैर्य नटुटोस: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको वार्षिक पुण्य स्मृति सभामा नेपाली काग्रेस गुल्मीले शनिबार गरेको सम्मान ग्रहण गर्दै स्वर्गिय भण्डारीकी धर्मपत्नी धना भण्डारी । तस्विर ः घनश्याम गौतम
 रहस्यमय मृत्युको एक वर्ष पुग्दा समेत मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । भण्डारीको शब गत माघ १४ गते काठमाण्डौको एक होटलमा फेला परेको थियो । तस्विर ः घनश्याम गौतम
सम्झना नेताको: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको १ वर्षको पुण्य तिथिको अवसरमा तम्घासको सहिद चोकमा शुक्रवार साँझ दिप प्रज्वलन गर्दै नेविसंघका नेता एवं कार्यकर्ताहरु । एक वर्ष अगाडी काठमाण्डौका एक होटलमा मृत अवस्थामा फेला परेका भण्डारीको मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । तस्विर ः घनश्याम गौतम
छेत्री समाज नेपालको जागरण अभियान अन्तर्गत गुल्मीको शान्तिपुरमा सम्पन्न पहिलो ईलाका भेलाको एक झलक । तस्बिर: तेजेन्द्र थापा
गुल्मीको शान्तिपुरमा मंगलबार सम्पन्न छेत्रीहरुको भेलालाई सम्बोधन गर्दै क्षेत्री समाज गुल्मिकी अध्यक्ष अमृता कुँवर । तस्बिर: तेजेन्द्र थापा
आफ्नो मागहरु पुरा नभए र जातिय आधारमा राज्य बिभाजन गरीए आफुहरु चुप लागेर नबस्ने बरु सबै जातिको अधिकार सुनिश्चित नभएको संबिधान जलाउने र ६०१ सभाषदरुलाई कालो मोसो दल्ने छेत्री समाजका अध्यक्ष यम बहादुर थापाले चेतावनी दिनु भएको छ । तस्विर: तेजेन्द्र थापा
गुल्मी शान्तिपुरमा आगो तापेर जाडो छल्दै स्थानियहरु । तस्बिर: तेजेन्द्र थापा
गुल्मी शान्तिपुरमा आगो तापेर जाडो छल्दै स्थानियहरु । तस्बिर: तेजेन्द्र थापा

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग