Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारवर्षपछि फेरी गुल्मीमा हिमपात, बिरामी बढे

Published on 2:37:00 AM //


घनश्याम गौतम
चार दिन देखि बढेको चिसोसंगै विहिवार जिल्लाका केही स्थानमा हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित भएको छ । अग्ला डाँडाहरु सेताम्य भएका छन् ।
जिल्लामा चार वर्षपछि हिमपात भएको हो । यस अघि २०६४ सालमा सदरमुकाम तम्घास सहित विभिन्न स्थानमा हिमपात भएको थियो । जिल्लाका अग्ला डाँडाहरु रेसुंगा, अर्जुन, मदाने, ग्रामिण बस्तीहरु पौदीअमराई, अर्जै, नेटा दर्लिङ्ग, म्यालपोखरी, छापहिले, मर्भुङ्ग लगायतका स्थानमा हिमपात भएको स्थानीयले बताए ।
बढ्दो चिसोसंगै जनजिवन प्रभावित भएको छ । हिमपातले जिल्लाको पश्चिमी क्षेत्र बढी प्रभावित भएको छ । जिल्ला अस्पताल, मेडिकल पसल र उपस्वास्थ्यचौकीहरुमा दम, निमोनिया, खोकी, ज्वरोका बिरामीहरु बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरीबहादुर के.सी.ले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग