Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा चासो कम हुँदा रिडी मेलाको महत्व घट्दो

Published on 8:23:00 PM //


घनश्याम गौतम
तिन जिल्लाको संगमस्थल रिडीको कालिगण्डकी किनार रुरु क्षेत्रमा आइतवार देखि धार्मिक मेला शुरु भएको छ । युवा पुस्ताको चासो कमहु“दै जा“दा धार्मिक मेला समेत प्रभावित बन्दै गएको छ । धार्मिक रुपले भारतको बनारस र चार धाम मध्येको एक मानिने रुरु मेलामा पछिल्ला वर्षहरुमा धार्मिक दर्शनार्थीहरुको संख्या घट्दै गएको छ । मिर्मि विद्युत परियोजनाले तोके अनुसार पानी नछोड्दा धार्मिक क्षेत्र प्रदुषित बन्दै जानु र युवा पुस्ताले धार्मिक चासो कम दिने गरेकाले मेला प्रभावित बन्दै गएको स्थानीयको भनाई छ ।
मकर सक्रान्तिका अवसरमा गण्डकी स्नान गरेमा सम्पूर्ण पापमुक्त भई धर्म प्राप्त हुने भएपनि आजभोली गण्डकस्नान गर्न आउनै छोडेको अस्लेवाबाट स्नानका लागि आएकी मनरुपा पाण्डेले बताईन । ‘म त सधै आउ“छु’, उनले भनिन्, ‘जेठी सक्रान्तिको दिन त बुढाबुढीहरुको बढी भिड लाग्ने दिन हो, खै कोही देखिदैंनन् ।’ संक्रान्तिको पहिलो दिनलाई जेठी, दोस्रो दिन माईली र तेस्रो दिन कान्छी संक्रान्ति मानेर यहा“को कालीगण्डकी किनारमा स्नान गरी श्रृषिकेश, रुरु कन्या र भृङ्गतुङ्गेश्वर महादेवको दर्शन गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ ।
मेलाको आइतवार वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले उद्घाटन गर्दै यसै वर्ष देखि विश्वसम्पदा सुचिमा समेत सुचिकृत भएको रुरु क्ष्ँेत्र पछिल्ला वर्षहरुमा धार्मिक पर्यटकको केन्द्र बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘यहा“को वातावरणिय सुधार गरेर पुरानो धार्मिक महत्वलाई अभैm विश्वसामु चिनाउनु जरुरी छ’, ज्ञवालीले भने, ‘धार्मिक आस्थाका कारणले यहा“ आन्तरि क र बाह्य धार्मिक पर्यटकहरु भित्र्याउन सकेमा मात्र यसको तिब्र विकास पनि सम्भव छ ।’
तिन दिनसम्म चल्ने भएपनि स्थानीय विद्या ज्योति बोर्डिङ्ग स्कुलले रुरु क्षेत्रको महत्व बढाउन मेलालाई थप दुई दिन बढाएर पा“च दिने बनाएको स्थानीय समाजसेवी हिमाल श्रेष्ठले बताए । थप गरिएको दुई दिनका लागि मेलामा बालउद्यान, विविध सांस्कृतिक कार्यक्रम, हस्तकला प्रदर्शनी, स्वास्थ्य शिविर लगायत थप गरिएको उनले जानकारी दिए ।
मेलालाई व्यवस्थित गर्न स्थानीय क्बलहरु, युवा, गाविस र रुरु क्ष्ँेत्र विकास संरक्षण समिति बढी खट्ने गरेको छ । पछिल्ला वर्षहरुमा धार्मिक मेला र गण्डक स्नानप्रति प्रति दर्शनार्थीहरुको आक्र्रषण घटेको भएपनि दोस्रो र तेस्रो दिनहरुमा दर्शनार्थी बढ्ने श्रेष्ठले बताए । रिडी मेला बाग्लुङ्गका विभिन्न दुर्गम क्षेत्रहरुमा हातैले बुनेर तयार पारिएका राडी, पाखी, कम्बल, उनीका कपडा, डाली, नाङलाहरुका साथै खानेकुराहरु तरुल, घा“जी लगायतका लागि समेत प्रख्यात मानिन्छ । मेलामा कृषि विकास कार्यालयले समेत प्रत्येक वर्ष कृषि प्रदर्शनी समेत गर्दै आएको छ । यसवर्ष पनि कृषकहरुले आफुले उत्पादन गरेका उत्कृष्ट झण्डै दुई दर्जन कृषि सामाग्रीहरु प्रदर्शनमा राखेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग