Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरुमा विहानैदेखि हजारौँ भक्तजनको घुईँचो

Published on 3:59:00 PM //


गगनशिला खड्का
नेपालका चार धाममध्येको एक रुरुक्षेत्रमा आज विहानैदेखि माघेसक्रान्ति मे ला शुरु भएको छ । धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल गुल्मीको रुरु क्षेत्रमा आज विहानै देखि माघे संक्रान्ती मेला शुरु भएको हो ।
पाल्पा अर्गलीबाट देखिएको माघेसक्रान्ति मेला रिडी बगरको दृश्य । तस्विरः टेकनारायण भट्टराइ
तीन जिल्लाको संगमस्थल भएको र सोही क्षेत्रहुँदै काली गण्डकी बगेको हुँदा तीन दिनसम्म गण्डक स्नान गरेर ऋषि केशवको दर्शन गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहेका कारण रिडीको रुरु क्षेत्रमा प्रत्येक वर्षको माघ १ देखि ३ गते सम्म गण्डक स्नान गर्नेहरुको विहान ४ बजे देखि नै घुँइचो लाग्ने गरेको हो । देबदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ति कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको तथा विष्णुले चतुर्वाहु रुप लिएर रहेको भन्ने अनेकौं किम्बदन्ती र पौराणिक कथनसंग सम्बन्धीत यो क्षेत्र धार्मिक दृष्ट्रिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपालका तिर्थस्थलहरुमध्ये तिनदिन सम्म मेला लाग्ने स्थान रुरु क्षेत्रमा भएको जस्तो ऋषि केशवको मूर्ति अन्यत्र कतै देख्न नसकिने समेत जानकारहरु बताउँछन् । यस क्षेत्रलाई नेपालको बनारस समेत भन्ने गरिन्छ ।
यस क्षेत्रमा करीव ५०० वर्षदेखिका प्राचिन ऋषीकेश मन्दीर, भृगुतुङ्गेश्र माहादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर (गलफूल गुफा) यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर लगायतका दर्शनिय मन्दिर र संरचनाहरु रहेका छन् । साथै १५० वर्ष अघि स्थापित कञ्चनेश्वर महादेव र दश हजार वर्ग मिटर भू–भागमा फैलिएका एकसय वर्ष पुरानो यज्ञमुक्तेश्वर मन्दिर पारि पट्टि ठूलो शिलामा स्वयं निर्मित हनुमानको मूर्ति प्राकृतिक गलफूल गुफा देवदत्त ऋषिको मुर्ति लगायत धार्मिक तथा पर्यटकिय विषेशता बोकेका स्थलहरु रहेका छन् । रुरु मेलामा पुजाआजाको लागीमा सरसफाई र रंगरोगनले झकिझकाउ पारीएको छ ।
नेपालका सबै जिल्लाहरु भारत, म्यानमार लगायत अन्य देशहरुबाट पनि भक्तजनहरु र यो गीसन्तहरुको पुजाआजाका लागी भिड लागेको छ । विहानैदेखि पूजाआजाको लागी चाप हुने भएकोले धेरै जसो बृद्धबृद्धा र अलि टाढाका जिल्लाका भक्तजनहरु तथा भारतको बनारस, राजस्थान, गोरखपुर लगायतका ठाउँहरुबाट जोगीहरु आएर हिँजो साँझदेखि नै धुनी जगाएर बसीरहेका थिए । रुरुमा बैशाखे सक्रान्ती, माघे सक्रान्ती, हरिबोधनी एकादशी लगायतका विभिन्न पर्वहरुमा यस क्षेत्रमा निकै ठुलो मेला लाग्ने गरेको भएपनि माघे सक्रान्ती मेलाको भने छुट्टै महत्व र जनविश्वास रहेको पाइन्छ ।
धार्मिक महत्वका अलवा हिमाली भेगमा भेडाको उनबाट एकवर्ष सम्म हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोली लगायत ओखरको घाँजी, गुँड र कन्दमुलहरुको ब्यापारको लागि समेत यो मेला प्रख्यात मानिन्छ । यस्ता सामाग्रीको लागि रुकुमको विभिन्न गाविसबाट र बाग्लुङ्गबाट एक हप्ता सम्म पदैल हिडेर समेत मानिसहरु गुल्मीको रिडीमा आउने गर्दछन् ।
माघे सक्रान्तिको अवसरमा रुरु फ्रेन्ड्स क्लव, रुरु क्षेत्र विका समिती, रुरु गाविस लागयतले माघे सक्रान्ति मेला आयोजना गरेका छन् । पिङ्ग, झुला, बालउद्यान खेलकुद तथा मञ्च निर्माणका काम सम्पन्न भैरहेको रुरु फ्रेन्स क्लवले जनाएको छ । आज रुरुमा रामकृष्ण ढकाल, राजु परीयार, मिलन लामा, ईन्द्र जिसी, पशुपति शर्मा, निशा सुनार, मञ्जु पौडेल लगायतकाकलाकारहरु आउने रुरु क्षेत्र विकाश समितीले जनाएको छ।
यसैविच यसवर्ष रुरुक्षेत्रमा जुवाजन्य खेलहरु भने रोक लगाईएको छ । गुल्मी र पाल्पाका प्रमुख जिल्ला अधिकारी सुरक्षा अधिकारीहरुको बैठकले जुवाजन्य खेलहरुले विकृति निम्त्याउने भएकोले यस्तो निर्णय गरेको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग