Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यी कस्ता चोर !

Published on 6:49:00 PM //


रासस एएफपी
थाइल्याण्डको प्रहरीले हिजो एउटा अनौठो प्रकृतिको चोर पक्राउ गरेको सार्वजनिक गरेको समाचार छ ।

तर ती चोर कुनै त्यस्तो महङ्गो सम्पत्ति वा धन दौलत नभई महिलाको कट्टु(अण्डरवेयर) चोरेकोमा प्रहरीका फन्दामा परेका छन् ।

प्रहरीले ती चोरबाट महिलाले लगाउने दश हजारभन्दा बढी कट्टु बरामद गरेको छ । ती चोरले करिब एक हजार कट्टु आफ्नो कारमा राखिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

थाइल्याण्डका एकजना ४८ वर्षीय चोरको घरमा पनि खान तलास गरेको र त्यहाँबाट दश हजारभन्दा बढी कट्टु बरामद गरेको प्रहरीले जनाएको छ ।

बैङ्ककको एक घरमा उनलाई कट्टु चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बैङ्कको एक घरमा उनले कट्टु सुकाएको स्थानमा गई चोर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले उनको १८ वर्षको उमेरदेखि नै महिलाका कट्टु सङ्कलन गर्ने काम गर्दै आएका थिए ।

उनले ती सबैजसो कट्टुहरु धोएर सुकाएको स्थानमै गएर चोर्ने गरेको पनि बताएका छन् ।

आफूले ती सुँघ्नका लागि मात्र ती कट्टु चोर्ने गरेको उनले बताएका छन् । मैले अरु केही नभई सुँघ्नका लागि मात्र ती कट्टु चोर्ने गर्छु र मैले गाडी हाँकिरहको बेला पनि त्यसको गन्ध लिने गर्दछु- उनले भने ।

उनले ती कट्टुको गन्ध सबैजसो समयमा लिने गर्दछन् मानौं कि गाडी चलाउने बेलामा पनि प्रहरी मेजर जनरल सरोज प्रोमचारोनले भने ।

ती पक्राउ परेका चोरलाई हालका लागि कट्टु चोरका रुपमा भन्दापनि व्यक्तिको निजी सम्पत्ति चोरेको आरोपमा मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको पनि उनले जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग