Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन भए समय मिलाउन गाह्रो छैन रैछ

Published on 1:18:00 AM //

आत्मैदेखि केही गर्ने अभिलाषा भए मानिसलाई समय निकाल्न गार्‍हो नपर्ने रहेछ । युवा नेता एवं समाजसेवी शिव भण्डारी यसैका उदाहरण हुन् । बेलायतको व्यस्तता छिचोलेर उनी राजनीति अनि समाजसेवा दुवैमा उत्तिकै सक्रिय छन् केही वर्ष यता । मानिसहरु सोच्छन्, समाजसेवा भनेको अवकाश जीवनमा गर्ने काम हो । तर, उनको उमेर र सक्रियताले त्यो मानसिकता विपरीतझैं लाग्छ । 
एनआरएनए पाँचौं विश्व सम्मेलनमा नेपाल जाँदा उनी गृहजिल्लामा धेरै ठाउँमा सम्मानित भए, कारण उनको समाजसेवाले । गुल्मी जिल्ला समाज युकेका मिडिया सेक्रेटरी उनी नेपाल रेडक्रस सोसाइटी उपशाखा धुर्कोटबाट सम्मानित भए । यसको कारण थियो- रेडक्रसको सो शाखा भवन निर्माणका लागि भण्डारीले गरेको २५ हजार ५ रुपैया सहयोग । उता, गुल्मी धुर्कोट परमानन्द बहुमुखी क्याम्पस सञ्चालनार्थ पनि भण्डारीले पचास हजार रुपैयाँ सहयोग गरेकामा सम्मान पाए । 
एक लाख पचास हजार रुपैयाँ पाएपछि स्थानीय पाञ्चायन उच्च मावि पनि कृतज्ञ छ भण्डारीसँग । आफ्नो जन्मथलो जैसीथोक गाविसको विकासमा क्रियाशील जैसीथोक गुल्मी काठमाडौं समाजलाई आर्थिक सहयोग गरेर त्यसबाट पनि वाहीवाही बटुलेका छन् उनले । 
यी त केही उदाहरणमात्र हुन् । विगत ११ वर्षदेखि लन्डनमा बस्दै आएका भण्डारीलाई समाजसेवा गर्न प्रेरक बनेको छ- गुल्मी जिल्ला समाज युके । उसका हरेक सामाजिक क्रियाकलापमा उनी अग्रपंक्तिमै रहे । 
हाल नेपाली जनसम्पर्क समिति बेलायतको वेष्ट लण्डन क्षेत्रीय समितिका उपसभापति भण्डारी बेलायत आउनुपूर्व नेपालमा जमेर विद्यार्थी राजनीतिमा लागेका थिए । उनी काठमाडौँ शिक्षा क्याम्पसमा नेपाल विद्यार्थी संघको निर्वाचित सभापति भएर ५ वर्ष बिताए । बेलायत आएपछि बीचमा सन् २००७ देखि ९ सम्म अस्ट्रेलियाको सिड्नीमा बस्दा उनी जनसम्पर्क समिति अस्ट्रेलियामा सदस्यको रुपमा कार्यरत रहे अनि नेपाली समुदायसँग पनि निकट रहेर काम गरे । "व्यस्तताबीच पनि समाजसेवामा समय मिलाउन म सक्षम र उत्साहित छु", गफभन्दा काममा विश्वास गर्ने उनले भने । 

नेपालीपत्रबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग