Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे सक्रान्ति मेलाको तैयारी तिब्र

Published on 7:29:00 PM //

विष्णु पौडेल
माघे सक्रान्ति नजिकिँदै जाँदा गुल्मीको छापमा हुने मेलाको तयारीलाई तिव्र पारिएको छ । माघे संक्रान्तिको अवसरमा लेक पोखरामा रहेको ऋषिकेसको मन्दिरमा विशेष पुजाआज हुनुका साथै मेला लाग्ने गर्दछ । मेलाको व्यवस्थानका लागी आज वसेको व्यवस्थापन समितीको वैठकले कार्यविभाजन गरेको छ ।
मेला व्यवस्थापन समितीका अध्यक्ष रेखा कुमार जिसीको अध्यक्षतामा वसेको वैठकले सांस्कृतिक कार्यक्रम संयोजकमा प्रदिप थापा, स्वयम्सेवक संयोजकमा रुद्र गिरी र असोक जीसी, मञ्च व्यवस्थापन संयोजकमा शिवलाल अर्याल र तुल्सी गिरी, पुराआजा व्यवस्थापन संयोजकमा दिलाराम भण्डारी, कृषि प्रदर्शनी संयोजकमा गोपाल महतरा र विजय कुमार थापा, आर्थिक संयोजकमा देविराम गिरी, प्रचार प्रसार संयोजकमा प्रेम वहादुर जिसीलाई तोकेको छ । माघे सक्रान्तिको अवसरमा पुजाआजा सहित विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने मेला व्यवस्थापन समितीका अध्यक्ष रेखा कुमार जिसीले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग