Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारलाई धम्क्याउने, सर्वसाधारणलाई हात हाल्नेले माफी मागे

Published on 10:32:00 PM //


मनोज बस्नेत
समाचार लेखेको विषयलाई लिएर सामुदायिक रेडियो स्काईका मुसीकोट प्रतिनिधी कृष्ण भट्टराईलाई अभद्र व्यावहार गर्ने स्थानीय होटल व्यवसायीले माफी मागेका छन् । मदिरा निषेधित क्षेत्रभित्र मदिरा विक्रि वितरण गरेको भन्ने समाचार लेखेको विषयलाई लिएर पत्रकार भट्टराईलाई धम्क्याउने मुसीकोट  देउरालीमा मिराज होटल सञ्चालन गर्दै आएका केसव खनालले शनिबार माफी मागेका हुन् ।
वामी प्रहरी चौकी वामीको रोहभरमा शनिबार बिहान विहान वसेको वैठकमा स्थानीय राजनितीक दल, महिला, वुद्धिजीवि, मुसीकोट गाविस सचिव तथा समाजसेवी सामु केसवले आफुले गल्ती गरेको स्वीकार्दै अव यस्तो कुनै गल्ति नगर्ने लिखित प्रतिवद्धता जनाएका हुन् । स्थानीय तुफान परिकल्पना युवा क्लवले दिउसोमा मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाएको देउराली क्षेत्रमा विक्रि वितरण गर्ने २ जना होटल व्यवसायीलाई क्लवले पुस २१ गते जरीवाना गरेको थियो । सोही समाचार लेखेको भन्दै केशवले आफ्नै होटलमा वोलाई हिजो गालीगलैज गरेका थिए ।  
यसैविच तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरेकी आमा तिलादेवि घिमिरेलाई हातपात तथा गालीगलौज गर्ने स्थानीय होटल व्यवसायी शुसिल घिमिरले पनि सोही वैठकमा माफी मागेका छन् । सुशिलले हिजो तिलादेवीको घरभित्रै प्रवेश गरी हातपात गर्नुका साथै गाली बेईजेती गरेका थिए । क्वबका महासचिव समेत रहेका पत्रकार भट्टराईलाई अभद्र व्यावहार र अध्यक्षकी आमा माथी हातपात भएपछी दुवै घट्नाको छलफल गर्न आज बिहान प्रहरी, स्थानीय राजनितीक दल, समाजसेवी, बुद्धिजीवी, महिला लगाएतको रोहवरमा क्लबको बैठक बसको थियो ।
यसैविच तुफान परिकल्पना युवा क्लब मुसीकोट गुल्मीले सञ्चालन गरेका कार्यमा अव वामि प्रहरी चौकीले पनि सहकार्य गर्ने भएको छ । क्लवको कार्यको सराहाना गर्दै वामी प्रहरीचौकीले आज बिहान बसको क्लबको बैठकमा सहकार्य गर्ने ईच्छा गरेको हो । त्यसको लागी प्रहरी चौकीले अब छिट्टै क्लवलाई सहकार्यको लागी आधिकारीक पत्र पठाउने तयारी गरेको वामी प्रहरी चौकीका हवलदार राजु बानियाँले बताउनुभयो ।
क्लवले हाल मुसिकोट क्षेत्रमा कालो पलाष्टीक नियन्क्रण, सरसफाई तथा मदिरा नियन्क्रण लगाएतका कार्य गर्दै आएको छ । क्लबका कार्यहरुमा मुसिकोट गाविसले यसअघि बाट नै सहकार्य गर्दै आईरहेको छ । यसैबिच कालो पलाष्टिकको असर र सरसफाईको महत्वको बिषयमा क्लबले भोली मुसीकोट ५ स्थित सिद्ध प्रावी र जनज्योती प्रावीमा अन्तरक्रिया गर्ने महासचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग