Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा धमाधम एलजीसिडीपी कार्यक्रमहरु

Published on 10:31:00 PM //


पि.एम.मगर
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत शनिवार गुल्मीको जैसीथोक गाविसमा गाविस प्रवेश तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्वं संसद टंकप्रसाद पोखरेलले जिल्ला विकास समितिको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम गाविसका लागि निक्कै लाभदायक देखिएको भन्दै कार्यक्रमको विनियम अनुसार कार्यक्रमहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । साथै उनले यसका हरेक कार्यक्रमहरु लक्षित समुदायसम्म पु¥याउन सवैको सहयोगको आवश्यकता पर्ने हुनाले सवै एक भएर लाग्नुपर्ने वताए ।
कार्यक्रममा विशेष अतिथि जनविकास केन्द्रका अध्यक्ष भुपाल पोखरेल, केन्द्रकाकार्यक्रम संयोजक हरीप्रसाद घिमिरे, एकीकृत नेकपा माओवादीका विरेन्द्र कुवँर, नेपाली काँग्रेसका कृष्ण थापा, नेकपा एमालेका पुर्णप्रसाद पोखरेल, राप्रपाका वावुलाल कामी, पुर्व गाविस सचिव चिरञ्जीवि भण्डारी, पुर्व गाविस अध्यक्ष ठाकुरप्रसाद पोखरेल, पाञ्चायन उच्च माविका प्राचार्य टेकवहादुर श्रेष्ठ, रेडियो रेसुङ्गाका प्रतिनिधी अर्जुन भण्डारी लगायतले मन्तव्य राखेका थिए । 
वक्ताहरुले गाविसका प्रत्येक वडाहरुमा स्वच्छ वडा नागरिक गठन गर्नुपर्ने साथै लक्षित समुदायलाई सम्वोधन गर्ने गरी योजना निर्माण तथा कार्यान्वयनमा जोड् दिएका थिए । गाविस सचिव डिल्लीराज आचार्यको अध्यक्षता एवं सामाजीक परिचालक विना पोखरेलको सञ्चालन रहेको थियो ।
त्यस्तै गुल्मीकै अर्खले गाविसमा पनि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गाउँ प्रवेश तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उत्पीडित समुदाय उत्थान केन्द्रका उपाध्यक्ष कृष्ण सुनारले यो कार्यक्रमले स्थानीय निकायमा सञ्चालित योजनाहरुमा सवै समुदायको पहुँच, सहभागीता तथा चेतना अभिवृद्धिमा टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे ।पि.एम.मगर
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत शनिवार गुल्मीको जैसीथोक गाविसमा गाविस प्रवेश तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्वं संसद टंकप्रसाद पोखरेलले जिल्ला विकास समितिको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम गाविसका लागि निक्कै लाभदायक देखिएको भन्दै कार्यक्रमको विनियम अनुसार कार्यक्रमहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । साथै उनले यसका हरेक कार्यक्रमहरु लक्षित समुदायसम्म पु¥याउन सवैको सहयोगको आवश्यकता पर्ने हुनाले सवै एक भएर लाग्नुपर्ने वताए ।
कार्यक्रममा विशेष अतिथि जनविकास केन्द्रका अध्यक्ष भुपाल पोखरेल, केन्द्रकाकार्यक्रम संयोजक हरीप्रसाद घिमिरे, एकीकृत नेकपा माओवादीका विरेन्द्र कुवँर, नेपाली काँग्रेसका कृष्ण थापा, नेकपा एमालेका पुर्णप्रसाद पोखरेल, राप्रपाका वावुलाल कामी, पुर्व गाविस सचिव चिरञ्जीवि भण्डारी, पुर्व गाविस अध्यक्ष ठाकुरप्रसाद पोखरेल, पाञ्चायन उच्च माविका प्राचार्य टेकवहादुर श्रेष्ठ, रेडियो रेसुङ्गाका प्रतिनिधी अर्जुन भण्डारी लगायतले मन्तव्य राखेका थिए । 
वक्ताहरुले गाविसका प्रत्येक वडाहरुमा स्वच्छ वडा नागरिक गठन गर्नुपर्ने साथै लक्षित समुदायलाई सम्वोधन गर्ने गरी योजना निर्माण तथा कार्यान्वयनमा जोड् दिएका थिए । गाविस सचिव डिल्लीराज आचार्यको अध्यक्षता एवं सामाजीक परिचालक विना पोखरेलको सञ्चालन रहेको थियो ।
त्यस्तै गुल्मीकै अर्खले गाविसमा पनि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गाउँ प्रवेश तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उत्पीडित समुदाय उत्थान केन्द्रका उपाध्यक्ष कृष्ण सुनारले यो कार्यक्रमले स्थानीय निकायमा सञ्चालित योजनाहरुमा सवै समुदायको पहुँच, सहभागीता तथा चेतना अभिवृद्धिमा टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे ।
सोही अवसरमा एलजीसीडिपी कार्यक्रम संयोजक छविलाल विश्वकर्माले कार्यक्रमको विषयमा प्रकाश पारे भने नेपाली काँग्रेस ताराप्रसाद गौतम, नेकपा एमालेका तोयनाथ मरासिनी, महिला प्रतिनिधी कमला गौतम, जनजाति प्रतिनिधी लालवहादुर दर्लामी, दलित प्रतिनिधी गोपाल सुनार, युवा प्रतिनिधी नविन वस्नेत, वुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति अर्याल लगायतले एलजीसिडीपी कार्यक्रमको प्रशंसा गर्दै गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि अहिलेदेखि नै आफुहरु लागिपर्ने वताउँदै सरसफाईका कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडी वढ्ने वताए । 
साथै सोही कार्यक्रम तथा भेलावाटै माघ १५ सम्म गाविसका प्रत्येक वार्डहरुमा वडा नागरिक मञ्च गठन गर्ने निर्णय समेत भएको छ । गाविस सचिव गौरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमुना महिला सञ्जालकी अध्यक्ष देवी कुवँरको स्वागत मन्तव्य एवं सामाजिक परिचालक शान्ति विश्वकर्माको सञ्चालन रहेको थियो ।
सोही अवसरमा एलजीसीडिपी कार्यक्रम संयोजक छविलाल विश्वकर्माले कार्यक्रमको विषयमा प्रकाश पारे भने नेपाली काँग्रेस ताराप्रसाद गौतम, नेकपा एमालेका तोयनाथ मरासिनी, महिला प्रतिनिधी कमला गौतम, जनजाति प्रतिनिधी लालवहादुर दर्लामी, दलित प्रतिनिधी गोपाल सुनार, युवा प्रतिनिधी नविन वस्नेत, वुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति अर्याल लगायतले एलजीसिडीपी कार्यक्रमको प्रशंसा गर्दै गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि अहिलेदेखि नै आफुहरु लागिपर्ने वताउँदै सरसफाईका कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडी वढ्ने वताए । साथै सोही कार्यक्रम तथा भेलावाटै माघ १५ सम्म गाविसका प्रत्येक वार्डहरुमा वडा नागरिक मञ्च गठन गर्ने निर्णय समेत भएको छ । गाविस सचिव गौरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमुना महिला सञ्जालकी अध्यक्ष देवी कुवँरको स्वागत मन्तव्य एवं सामाजिक परिचालक शान्ति विश्वकर्माको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग