Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन्द खुल्यो, गुल्मी सहित देशभरको जनजीवन समान्य वन्दै

Published on 7:37:00 PM //


विष्णु पौडेल
सरकारले एक साताभित्र माग पूरा गरिदिने आश्वासन दिएपछि पूर्व लडाकुहरूले नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आज भएको वार्तामा सरकारले बहिर्गमनमा परेका पूर्व लडाकुहरूको मागका सम्बन्धमा अध्ययन गर्न एक हप्ताको समय मागेको हो ।
आजको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री सत्या पहाडी र पूर्व लडाकुहरूका तर्फबाट बहिर्गमित लडाकु सङ्घर्ष समितिका संयोजक सागर लिम्बुले नेतृत्व गर्नुभएको थियो । सरकारले आफ्ना मागहरूलाई अध्ययन गरी एक सातापछि फेरि अर्को वार्ता गर्न सहमति जनाएको संयोजक लिम्बुले बताउनुभयो । अनमिनले आफूहरुलाई अयोग्यताको विल्ला लगाएर अपमान गरेको आरोप लगाउँदै पूर्व लडाकुहरुले अयोग्यको विल्ला फिर्ता लिनुपर्ने, दीर्घकालिन व्यवस्थापन सहितको प्याकेज बनाउनु पर्ने लगायतका माग राख्दै विभिन्न चरणको आन्दोलन गर्दै आइरहेका थिए ।
यसैविच वन्द फिर्ता भएपछि गुल्मी सहित देशभरको जनजीवन समान्य वनेको छ । वन्दका कारण अधिकासं जिल्लाको जनजीवन प्रभावित भएको थियो । ती जिल्लाहरुको जनजीवन पनि सामान्य वन्दै गएको छ । वन्दका कारण विहानैदेखि गुल्मीको सदरमुकाम तम्घास सहित ग्रामिण वजारहरु सिमलटारी, वामीटक्सार, रिडी, वलेटक्सार लगायतका वजारहरु वन्द भएका थिए । शैक्षिक संस्था वन्द रहेका थिए भने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका थिएनन् ।
वन्दले गुल्मी सहित अर्खाखाँची, पाल्पा, वाग्लुङ, स्याङ्जा, पर्वत, प्युठान लगायतका जिल्लाको जानजीवन पनि प्रभावित भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग