Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानोदयको स्वर्णमहोत्सबमा कला प्रदर्शनी, चित्र उपहार दिन सकिने

Published on 9:56:00 PM //


बिष्णु भण्डारी
श्री ज्ञानोदय उच्च मा बि, तुराङ मजुवा गुल्मीको स्वर्ण महोत्सबको अबसरमा बृहद कला प्रदर्शनी आयोजना गरिने भएको छ । देशका विभिन्न कलाकारहरुका चित्रहरुलाई प्रस्तुत गरिने उक्त प्रदर्शनीमा बिद्यालय स्तरलाई सुहाउने र पाठ्यक्रम अध्ययनलाई सहयोग पुग्ने विभिन्न शैलिका चित्रहरु समाबेश गराइनेछ । माघ ३ गते देखि ५ गते सम्म चल्ने प्रदर्शनीमा सोहि बिद्यालयका पूर्व बिद्यार्थी खडानन्द भण्डारी (बिष्णु भण्डारी)को संयोजकत्वमा योगेस महर्जन, राज के. महर्जन, बि. के. नरबहादुर, सबिन के सी, श्याम रम्तेल, सुजिता महर्जन, प्रमिला परियार, श्याम श्रेष्ठ, दिपा लामा, भुवनेस्वरी दुवाल, डाफु बोहोरा, ओम गुरुङ, निर्भय श्रेष्ठ आदिका चित्रहरु प्रदर्शन हुनेछन । रु. ५०० देखि १०,००० सम्म मूल्य पर्ने चित्रहरु राखिने सो प्रदर्शनीमा तेल चित्र, पानी चित्र र पेन्सिल माध्यमबाट मुर्त, अमुर्त, अर्धमुर्त, लोक-चित्र, मिथिला चित्र, मुहार चित्र, दृश्य चित्र, चराचुरुंगी र जनावरका चित्र तथा छ्वाली र प्रिन्ट माध्यमका चित्र पनि समाबेश गराइनेछ ।

उक्त प्रदर्शनीको बारेमा जानकारी दिँदै बिद्यालयका प्र.अ. लक्ष्मी भण्डारीले भन्नुभयो- "२१ औं शताब्दीको बिद्यार्थी हरेक क्षेत्रको बारेमा जानकार र दक्ष हुनुपर्दछ, हरेक बिषयको ज्ञान पछि नै मानिसले आफ्नो क्षमता चिन्दै लक्ष्य निर्धारण गर्न सक्दछ । हाम्रो विद्यालयको लक्ष्य ब्यबहारिक र युग सुहाउँदो शिक्षा दिनु हो र प्रदर्शनीले बिद्यार्थीलाइ कला प्रति जागरुक बनाउन सहयोग गर्दछ ।" साथै उहाले आफु पनि यहि विद्यालयको पूर्व बिद्यार्थी भएकोले आफ्नो अगाध श्रध्दा रहेको जनाउदै सबैको साझा लक्ष्य बिद्यालयको स्तर उन्नती गर्दै गुणस्तरीय शिक्षा दिनु हुनुपर्ने र सो अभियानमा हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
साथै उक्त प्रदर्शनीका बारेमा थप प्रस्ट पार्दै संयोजक खडानन्द भण्डारीले भन्नुभयो "हामी सबै पूर्व बिद्यार्थी, शुभचिन्तक, शिक्षाप्रेमि तथा त्यो माटोलाई माया गर्नेले विद्यालयको ५० औं जन्मदिनको पावन घडीमा उपहार स्वरूप कला उपहार दिने अबशर जुटाउने प्रयाश रहेको र जन्मदिनमा प्रत्यक्ष उपस्थित भएर एकापसमा खुशी साट्न पाएका तथा नपाएका सबैलाई उक्त कार्यद्वारा समाहित गराई बिद्यालयसंगको नाता अटुट रहेको दर्शाउन यसले सहयोग पुग्ने आशा लिएकाछौ । यद्यपी चित्रहरु व्यक्तिगत र संस्थागत रुपमा पनि खरिद गर्ने सकिनेछ ।"

यसै अवसरमा आफुले अध्ययन गरेको बिद्यालयलाई सम्झनाको चिनो स्वरुप प्रदर्शनीमा राखिएका चित्रहरु किनेर उपहार प्रदान गर्न सकिने ब्यवस्था पनि आयोजकहरुले मिलाएका छन । तपाईं अहिले घर वा देश बाहिर हुनुहुन्छ र आफुले पढेको ज्ञानोदय, पोलारिस, शारदा, थाक्सिपोखरा, सुर्योदय, उदय, रुद्रावती, चिदिपानी, रुरु लगायत जिल्लाका बिभिन्न बिद्यालय र संघ-सँस्थालाई चित्र किनेर सम्झना स्वरुप उपहार प्रदान गर्न चाहनुहुन्छ भने पनि तपाईंले आयोजकहरुलाई संपर्क गर्न सकिने जानकारी प्राप्त भएको छ । यस सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग