Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालकै पहिलो संरक्षित वनको कार्यालय स्थापनामा किचलो

Published on 4:46:00 PM //


मनोज बस्नेत
नेपालकै पहिलो संरक्षित वनका रुपमा हालै दर्ता भएको गुल्मीको मदाने वन सरक्षण क्षेत्रको कार्यालय जिल्लाको बाझँकटेरी गाविसमा स्थापना गर्ने निणर्य तत्काल कार्यन्वयन हुनुपर्ने माग गरेका छन् । वन ऐन २०४९ अन्तर्गत नेपालकै पहिलो संरक्षित वनको रुपमा दर्ता भएको वन संरक्षणको कार्यालय बाझँकटेरी गाविसमा स्थापना गर्ने वन बिभागले परिपत्र गरेको भएपनि निर्णय अनुसार काम नभएको भन्दै उनिहरुले अबको एक हप्ता भित्र निर्णय कार्यनयनको माग गरेका छन् । निर्णय कार्यानयनको माग गर्दै उनिहरुले यसअघि जिल्ला प्रशासन कार्यालय, वन कार्यालय गुल्मी तथा वन प्रमुख परशुराम पौडेललाई माग पत्र बुझाएका थिए ।

यदी माग पुरा नभएमा गाविसबाट बाहिरीने खानेपानी लगाएतका स्रोतहरु बन्दगरी चरणबद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी गाविसबासिले दिएका छन् । बाझँकटेरी गाविसको उपयुक्त स्थानमा कार्यालय स्थापना गर्ने गरी पत्र पठाएको भएपनि जिल्ला सयन्ंत्रले भने सिर्सेनी गाविसमा कार्यलय स्थापना गर्ने निर्णय गरेको छ । गुल्मीका पश्चिममा रहेका गाविसहरु दर्लिङ, छापाहिले, घमिर, अग्लुङ, वाँझकटेरी, ह्वाङ्दी, मलायागिरी, मरभुङ, सिर्सनी लगायतका गाविसमा फैलिएको वनले प्युठान र वाग्लुङ्का केही भागहरुलाई समेत छोएको छ । कुल १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलभित्र फैलिएको मदाने संरक्षित वन क्षेत्र भित्र वहुमुल्य जडिवुटी तथा वन्यजन्तु पाईनुका साथै ठुला ठुला घाँसेमैदान समेत रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग