Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज कतारको मासिक बैठक सम्पन्न

Published on 12:53:00 AM //

कुमार "अबिरल" पन्थी
गुल्मी सेवा समाज दोहा कतार को मासिक बैठक हिजो सम्पन्न भएको छ। सो बैठक सस्थाका अध्यक्ष श्री दोर्ण बहादुर बस्नेत को अध्यक्षतामा बसेको उक्त बैठक मा सस्था का अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मीले मित्रहरुको बाक्लो उपस्थिती रहेको थियो। हरेक महिना बस्दै आएको मासिक बैठक यो महिना पनि मिती (२०६८-९-२२)अर्थात ०६-१-२०१२ सुक्रवारको दिन सम्पन्न भएको छ । सदा महिनाको दोस्रो शुक्रबार बस्दै आएको उक्त बैठक यो महिना भने एक हप्ता अगाडि नै बसेको र साधारण सभालाई बिसेष ध्यानमा राख्दै सो बैठक एक हप्ता अगाडि सारीएको कुरा सस्थाका अध्यक्षले बताउनु भयो । आउदा महिना हरुमा भने नियमित रुपमा पुरानै समय स्थान र मितिमा बस्ने कुरा पनि उहाले जानकारी गराउनु भयो । आगामी फेब्रुअरी १७ तारिखमा सस्था चौथो साधारण सभा गर्ने पूर्व बैठकको निर्णयलाई यस् बैठक मा हेरफेर गरि उक्त मितिमा गर्ने भनिएको सो सभा बिशेष कारण वस निम्न मितिमा (मार्च २-२०१२ का दिन गर्ने निर्णय गरिएको छ। रोजगारिको सिलसिलामा कतारमा कार्यरत सम्पूर्ण गुल्मेली दाजु-भाई तथा दिदि-बहिनीहरुलाई बैठकमा आफु स्वयम उपस्थित भई सस्थामा सदस्यता लिन र पुरना सदस्यहरुले आफ्नो सद्स्यता नविकरन गर्नुहुन अनुरोध गर्दछौ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग