Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुचाईएका प्रधानमन्त्रीले काम गरेनन् ः एमाले नेता ज्ञवाली

Published on 7:54:00 PM //

विष्णु पौडेल
नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदिप ज्ञवालीले सवैले रुचाईएका प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले जनताले चाहे अनुसारको काम गर्न नसकेको वताउनुभएको छ । आफुलाई जनताको पार्टी भन्ने माओवादी नेतृत्वको सरकारले जनतालाई अहित हुने वाहेक अरु केही गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
नेकपा एमाले गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै गुल्मी क्षेत्र नम्वर २ का सभासद् समेत रहेका ज्ञवालीले अव मुलुकले एमालेको नेतृत्व खोजेको भन्दै परिर्वतनको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएकाले एमाले पहिलो शक्तिको रुपमा उभिनुपर्ने वताउनुभयो ।
राष्ट्रिय राजनिती जटिल अवस्थामा पुगेको भन्दै ज्ञवालीले शान्ति प्रकृया टुङ्ग्याएर संविधान लेख्न नसके देश गम्भिर दुर्घटनामा फँस्ने चेतावनी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग