Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी-नागरिक सहकार्य प्रभावकारी, पाँच महिनामै राजश्व असुली दोब्बर

Published on 1:16:00 PM //


घनश्याम गौतम
प्रहरीले साउन देखि मंसिरसम्ममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र सवारी चालउने २ सय ७६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २ सय ४१ लाई सामान्य कागज गरी छोडिएको र ३५ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासनमा पठाएको छ ।
प्रहरीले साउनमा ७० पेज लामो कार्ययोजना सार्वजनिक गरेर सोही योजना अुनसार अगाडी बढाएको कारवाही र नागरिकसंगको सहकार्य अभियान समेत प्र भावकारी भएको जनाएको छ । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार साउन देखि मंसिरसम्म गरिएको सवारी चेकजाँचका क्रममा जिल्लाभरबाट ५ महिनामै गत वर्षभन्दा दोब्बर बढी राजश्व संकलन भएको छ । प्रहरी उपरिक्षक राजकुमार बैदवारले १ हजार ६ सय ९८ सवारी कारवाहीबाट ट्राफिक प्रहरीले २ लाख ३५ हजार ४ सय ५० रुपैंया राजश्व असुली गरेको बताए । गत वर्ष भरीमा १ हजार ४ सय सवारी कारवाहीमा १ लाख ४५ हजार ८ सय ५० रुपैंया राजस्व असुली भएको थियो ।
त्यस्तै प्रहरीले नागरिकसंग सहकार्य गर्दै शान्ति सुरक्षाका काम गर्न थाले पछि घरेलु हिंसा, सार्वजनिक अपराध, चोरी डकैती, कुटपिट लगायतका घटनामा न्यूनीकरण भएको प्रहरीको दावी छ । नागरिकहरुसंगको सहकार्यकै कारण प्रहरी छाटो समयमै दुर्गम गाउ“बस्तीहरुमा पुगेको र जिम्मेवारी र उद्देश्यमा समेत सफलता प्राप्त गरेको बैदवारले बताए । पा“च महिनाको अवधिमा सदरमुकाममा ठुलो समस्याको रुपमा रहेको तिब्र गतिको मोटरसाईकल नियन्त्रण, अव्यवस्थित सडकहरुको व्यवस्थापन, वाणिज्य संघको सहयोगमा बजारमा साईकल गस्ती, चोरीका मोटरसाईकल नियन्त्रण भएको छ । संघले गस्तिका लागि प्रहरीलाई ३ साईकल उपलब्ध गराएको छ ।
त्यस्तै क्याम्पस र विद्यालयहरुमा संचालित युवा शिक्षा कार्यक्रम, प्रहरी स्कुल सम्पर्क कार्यक्रम, गाविस, स्थानीय बजार, वडा, टोलहरुमा प्रहरीसंग गरिएका सुधार समितिहरु गठनका कार्य समेत प्रभावकारी भएका छन् । ‘गाँउ र टोल सुधार समितिहरु निकै प्रभावकारी छन्’, पुर्कोटदहका सुनिल कुंवरले भने, ‘प्रहरीका सुधार प्रयासले नागरिकहरु आपैm सचेत हुंदै गएका छन् ।’ शान्तिपुरका देवेन्द्र शाहले पनि पहिलाको तुलनामा प्रहरीले धेरै सुधार गर्दै गएको बताए । ‘काम गर्ने शैली फरक भएको छ, गस्ति बढेको छ’, शाहले भने, ‘समाज र नागरिकसंग घुलमिल हु“दै अगाडी बढ्ने र सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छन् ।’ प्रहरीको सकारात्मक र सुधारात्मक कार्य भएपनि चोरीका मोटरसाईकलहरु स्थानीय युवाहरुले आपैm प्रहरी कार्यालयमा लगेर बुझाएको समेत उनले बताए ।
प्रहरीले आम नागरिकको सुरक्षाका लागि जिल्लाका ७९ वटै गाविसमा सचेतनाका कार्यक्रम पु¥याएको जनाएको छ । त्यस्तै जिल्लाका क्याम्पस, उच्च मावि र विद्यालयहरुमा पुगेर युवा दुब्र्यसनी र बिकृति बिरुद्ध, नागरिक सचेतना, घरेलु हिंसा नियन्त्रण, मदिरा सेवन तथा बेचबिखन बिरुद्धका कार्यक्रम लगायतका चेतनामुलक अभियान पनि संचालन गरिएको बैदवारले बताए ।
त्यस्तै हत्या, अपराध, चोरी, डकैती लगायत सार्वजनिक अपराधमा संलग्नहरु पक्राउ पर्ने र कारवाही गर्ने कार्यक्रमा समेत प्रहरी सक्रियता बढेको देखिएको छ । ५ महिनाको अवधिमा शान्ति सुरक्षासम्बन्धि १ सय ३५, कुटपिट २ सय ९८, गाली बेईज्यतीमा १९ ठाडो उजुरी दर्ता भएकोमा कुटपिटका ११ बाहेक अन्य सबै मिलापत्र भएको प्रहरीले जनाएको छ । त्यस्तै कर्तब्य ज्यानका ५, जबरजस्ती करणीका ४, सार्वजनिक अपराधका ९, चोरीका ३ मुद्धा दर्ता भएकामा सबैमा पक्राउ र कारवाही भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको पछिल्लो योजना र सक्रियता जिल्लामै प्रशंसनिय रहेको वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग