Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो चरणमा गुल्मीबाट ४५६ जनालाई एमआरपी पासपोर्ट

Published on 9:08:00 PM //

घनश्याम गौतम
प्रशासनले पहिलो चरणमा संकलन गरी पठाएका राहदानी फारम मध्ये तयार भएर आएका मेशिन रिडेबल राहदानी मंगलबार देखि वितरण गरेको छ।
कात्तिक २५ गतेपछि जिल्लामा फारम संकलन गरी पठाए मध्ये तयार भएर आएका ४ सय ५६ जनाको राहदानी वितरण शुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । प्रशासनले पहिलो चरणमा गरी ४ सय ६५ फारम पठाएको थियो । ति मध्ये फारम र फोटो नमिलेर ९ फारम फिर्ता भएका छन् । मेशिन रिडेबल राहदानी वितरण हुने जानकारी पाएपछि प्रशासनमा राहदानी लिन सोमबार देखि नै भिड लागेको थियो । प्रशासनले सबै प्रकृया पुरा गरी मंगलबार देखि वितरण गरिएको जनाएको छ । पहिलो दिन झण्डै ५० जनाले राहदानी लिएका छन् ।
राहदानी फाँटका भुवन बस्नेतका अनुसार जिल्लामा संकलन शुरु भएपछि दैनिक ४० भन्दा बढीले राहदानी माग गरेका छन् । पहिला राहदानी फारम सिफारिस गराउन दैनिक १५ देखि २० जनामात्र आउने गरेका थिए । कात्तिक २५ पछि जिल्लाबाट २ हजार भन्दा बढीले राहदानी माग गरेको बस्नेतले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग