Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी कालोप्लाष्टिक मुक्त जिल्ला, बाँकी रहेका प्लाष्टिक धमाधम फिर्ता

Published on 9:04:00 PM //


घनश्याम गौतम
वातारण संरक्षण र हरियाली शहर बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले जिल्लालाई कालो प्लाष्टिक मुक्त जिल्ला बनाएको छ । प्रयोग हुन छोडेपछि जिल्लामा आएको कालोप्लाष्टिक धमाधम फिर्ता हुन थालेको छ । संघले पटक पटकको पहलपछि पुष १ गते देखि कालो प्लाष्टिक प्रयोगमा रोक लगाएको हो । संघको पहलले जिल्ला कालोप्लाष्टिक मुक्त भएको छ । उपभोक्ताहरु नै सचेत भएर कालोप्लाष्टिक लिन छोडेपछि व्यवसायीहरुले कालोप्लाष्टिक विक्रि गर्नै छोडेका छन् ।
वाणिज्य संघले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने कालोप्लाष्टिक प्रयोग नगर्न पटक पटक अपिल गर्दै आएको छ । कालो प्लाष्टिक बुटवलमा उत्पादन हुने र जिल्लाका व्यवसायीहरुले बुटवलबाटै खरिद गरी ल्याउने गरेकाले संघकै पहलमा बुटवलका व्यवसायीहरुले गुल्मीका व्यवसायीहरुलाई कालो प्लाष्टिक विक्रि गर्न छोडेको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।
जिल्लामा यस अघि नै प्रहरी कार्यालय, महेन्द्र उच्च मावि, सिद्धबाबा लगायतका विद्यालयहरुले विद्यालय हातामा प्लाष्टिक, प्लाष्टिकजन्य खाजा लगायतमा रोक लगाएका थिए । त्यस्तै पशु सेवा कार्यालयले मासु व्यवसायीहरुलाई कालो प्लाष्टिकमा राखेर मासु विक्रि नगर्न निर्देशन दिंदै आएको थियो । उद्योग वाणिज्य संघको आग्रहलाई विभिन्न संघ संस्थाले समेत सहयोग गर्दै आएका छन् ।
उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलका अनुसार संघले स्वस्थ्य र हरियाली शहर बनाउन पहिलो चरणमा कालोप्लाष्टिक प्रयोगमा नियन्त्रण गरिएको र विकल्प तयार गरेर अन्य प्लाष्टिक प्रयोगमा समेत रोक लगाउने तयारी गरेको छ । ‘पहिलो चरणमा सदुमरकाम तम्घास र ग्रामिण बजारहरुमा कालोप्लाष्टिक प्रयोग नगर्न आग्रह गरिएको छ’, पोखरेलले भने, ‘विस्तारै जिल्लाभरबाटै पूर्ण नियन्त्रण गरेर प्लाष्टिक मुक्त जिल्ला गराईने छ ।’ संघको पटक पटकको आग्रहले उपभोक्ता र व्यवसायी दुवै सचेत भएका छन् । विक्रिका लागि कालोप्लाष्टिक ल्याएका व्यवसायीहरुले समेत प्लाष्टिक फिर्ता गर्न थालेका छन् । ‘ग्राहकले कालो प्लाष्टिक लैजानै मान्दैनन्’, व्यवसायी मानबहादुर गाहाले भने, ‘३५ किलो भन्दा बढी कालो प्लाष्टिक बुटवल नै फिर्ता गर्न लागेको छु ।’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग