Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिमा अज्ञात समुहद्वारा बस कब्जामा लिई यात्रुमाथी दुर्ब्यवहार

Published on 10:08:00 PM //

रुरु नेटवर्क
रिडीबाट शान्तीपुरतर्फ जादै गरेको बसलाइ बाहिरबाट आएका करीब पन्ध्र-बिस जनाका अज्ञात युवाहरुको समुहले रिडीको बिच बजारमा कब्जामा लिइ यात्रुहरु माथि दुरव्यबहार गर्ने खोज्नुका साथै होहल्ला मच्चाउन खोज्दा आज साँझ बजार केही बेर तनाबग्रस्त बन्यो ।
आफुहरु खैरेनी तर्फ जानखोजेको तर बसमा सिट नपाएको भन्दै बसका यात्रु माथि दुरब्यबहार गरी होहल्ला मच्चाउदै बसलाई करीब एक घण्टा सम्म कब्जामा लिएका थिए । तर स्थानिय वासीको प्रतिकार तथा प्रहरीको आगमन भएपछी उक्त समुहको भागाभाग भएको थियो । घटना पस्चात बसलाइ प्रहरीले पुलक्याम्प सम्म स्कर्टिङ गरी निस्चित गन्तब्य सम्म पुर्याउन सहयोग गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग