Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ४ खुट्टे कुखुराको चल्लो फेला

Published on 3:27:00 PM //


मनोज बस्नेत
गुल्मीको मरमुङमा ४ ओटा खुट्टा भएको कुखुराको चल्ला फेला परेको छ । मरभुङ गाविस वार्ड नम्बंर २ जुकेपानी निबासी कृष्ण बहादुर नेपालीको घरमा यस्तो चल्ला फेला परेको हो । नेपालीको घरमा रहेको गाउँघरे कुखुराले कोरलेका १२ ओटा अण्डा मध्ये ३ दिन अघि एउटा अण्डाबाट ४ खुट्टे चल्ला निक्लीएको थियो ।

अन्य ११ ओटा अण्डाबाट निक्लीएका चल्ला भने सामान्य रहेका छन् । ४ ओटा खुट्टा भएको त्यस चल्लाले हिड्नलाई अफ्ठयारो महसुस गरेको भएपनि अन्य क्रियाकलाप भने अरु चल्लाहरुको जस्तै सामान्य रहेका छन् । नेपालीको घरमा ३ दिन देखि त्यस चल्ला हेर्नेहरुको भिड् लागेको छ ।

आज सम्म थाहा नभएको यस्तो कुखुराको चल्ला आफ्नै घरमा फेला पर्दा आफुलाई पनि अचम्म लागेको नेपालीले बताउनुभयो । सामान्य खुट्टा जस्तै अन्य २ खुट्टा पनि चल्लाको शरिरबाटै निक्लीएको र चल्ला २ ओटा खुट्टाले मात्र हिड्डुल गर्ने गरेको त्यहाँबाट चन्दन नेपालीले जानकारी दिनुभयो ।

(समाचार सँगै चारवटा खुट्टा भएको चल्लाको फोटोपनी राख्न मरभुङमै कोरलिएको चल्लाको फोटो त उपलब्ध हुन सकेन तर ईन्टरनेटमा खोज्दा केही तस्बिर र भिडियोहरु हरु भने भेटिए भारत र विश्वका बिभिन्न ठाउँमा ४ खुट्टे चल्ला र कुखुराका । हेरौ ति तस्बिर र भिडियोहरु:)








0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग