Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धातिवाङमा जीप दुर्घटना, २ घाईते

Published on 8:37:00 PM //

विष्णु पौडेल
अर्घाखाँचीको धातिवाङमा जीप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । वुटवलवाट धातिवाङ आउँदै गरेको लु १ ज १८१३ नम्वरको जीप धातिवाङ गाविस वडा नम्वर ४ दुरीगैरामा दुर्घटना हुँदा जीपका चालक र सहचालक घाईते भएका हुन् । दुर्घटनामा परी जीप चालक पटौटी गाविसका २५ वर्षीय भरत रोका र सहचालक सोही स्थानका २० वर्षीय दिल वहादुर रासकोटी घाईते भएका छन् ।  टाउकोमा चोट लागेका उनीहरु दुवैको उपचारका लागी पाल्पा लगिएको स्थानीय विशास पौडेलले जानकारी दिनुभयो । सडकवाट २० मिटर खसेको जीप व्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय वासीले जनाएका छन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग