Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानोदय उच्च माबिको स्वर्ण-महोत्सबका तस्बिरहरु

Published on 4:16:00 PM //

सन्जु काउछा
ज्ञानोदय उच्च मा.बि. तुराङ मजुवाको स्वर्ण महोत्सव बिबिध कार्यक्रमका साथ गत माघ १ गते देखी शुरु भएको छ । बिध्यालय प्राङ्गणमा शुरु भएको उक्त कार्यक्रमको स्थानीय बिकास मन्त्री तथा बरिष्ठ माओबादी नेता टोप बहादुर रायमाझीले उद्घाटन गर्नुभयो । गुल्मी जिल्ला क्षेत्र न. १ का माओवादी सभाषद सुदर्शन बलाल, स्थानिय समाजसेवी तथा शिक्षासेवीहरुको उपस्थिती रहेको उद्घाटन कार्यक्रममा बिद्यालयलाई योगदान पुर्याउने महानुभावहरुलाई मन्त्री रायमाझिले दोसल्ला ओढाएर तथा सभाषद बलालले कदर-पत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो । यही माघ ५ गते सम्म चल्ने स्वर्ण महोत्सबमा अन्तर-सदनात्मक खेलकुद प्रतियोगिता, बिद्यालय स्तरिय प्रतियोगिताहरु, चित्रकला प्रदर्शनी, पुर्व विद्यार्थी हरुको पुनर्मिलन कार्यक्रम तथा झन्डै एक दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बिबिध साँस्कृतिक कार्यक्रम लगायत सम्पन्न हुनेछन ।

उक्त महोत्सबस्थलबाट गुल्मीन्युज सहकर्मी तेजेन्द्र थापाले खिचेर पठाउनुभएका केही तस्बिरहरु हेरौ (थप फोटोहरु बिस्तारै अप्लोड गर्दै जानेछौँ, हेर्दै गर्नुहोला गुल्मीन्युज)











0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग