Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ऋण तिर्न नितम्बको मासु लिलाम

Published on 4:27:00 PM //

आखिर बाँच्नुपर्छ, यो दुनियामा अनेक देख्नपाइन्छ र सुन्नपाइन्छ । यो संसारमा धेरै मानिस छन् जसले साहुसँगबाट पैसा लिएपछि तिर्दैतिर्दैनन् र साहुमारा कहलिन्छन् । पैसा माग्दा उल्टै साहुलाई लाठीमुङ्ग्री गर्नपनि पछि पर्दैनन् ।
तर यहीँ दुनियामा यस्ता मान्छे पनि छन् जो आफ्नो सरीरको अंग बेचेरै भएपनि लिएको ऋण तिर्छन् । यस्ता इमान्दार थोरै मान्छेहरुमा न्युजिल्याण्डकी एक युवती पनि रहेछिन् । टीना बेजनेक नामकी ती युवतीले आफुलाई लागेको ऋण तिर्न आफ्नो नितम्बको मासु नै लिलामीमा राखेकी छिन् ।
टीनाले ट्रेड मी वेबसाइट मार्फत आफ्नो नितम्बको ९ वर्ग सेन्टिमिटर क्षेत्र लिलाममा रहेको विज्ञापन गरेकी छिन् । नितम्बको उक्त अंशको मासु लिलाम बढाबढमा बिक्रि हुनेछ । यद्यपि लिलाममा सबैभन्दा बढि मूल्य दिने ग्राहकले नितम्बको त्यो मासु काटेर लैजान भने पाउनेछैन । नितम्बको ९ वर्ग सेमीको उक्त मांशपेशीमा क्रेताले टाटु खोप्न सक्नेछ ।
नितम्बको मासु खरीद गर्नेले आफ्नो इच्छा अनुसारको टाटु टिनाको नितम्बमा बनाउन सक्नेछ । उक्त टाटुमा क्रेताले कुनै विज्ञापन वा विवाह प्रस्ताव अथवा नाम लेख्न सक्नेछ । अझ रोचक कुरा त के भने नितम्ब खरिदकर्ताले टिनाको नितम्बमा टाटु बनाएको लाइभ हेर्न पनि सक्नेछ र त्यसको लागि ऊ टाटु पार्लरमा जानुपर्नेछ ।
आउँदो २० जनबरीसम्मको म्याद तोकिएको लिलामी प्रक्रियामा अहिलेसम्म धेरै मानिसले बोलकबुल गरिसकेका छन् । हालसम्म सबैभन्दा बढि मुल्य कबोल गर्नेले टिनाको नितम्बलाई ५ हजार १ सय ८० पाउण्डमा किन्ने प्रस्ताव गरेको छ । तर टिना भने आफ्नो नितम्बको मासुलाई अझै धेरै पैसा पार्ने सोँचमा छिन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग