Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक दर्जन वढी कार्यकर्ता एमालेमा प्रवेश

Published on 9:01:00 PM //


पि.एम.मगर
राप्रपा नेपालका पुर्व केन्द्रीय सदस्य एवं गुल्मी जिल्ला विकास समितिका पुर्व उपसभापति अशोक श्रेष्ठ सहित एक दर्जन भन्दा वढी कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पञ्चायतकालीन चर्चित जिल्ला नेता रहेका अशोक श्रेष्ठले आफु ३१ वर्षदेखि गुल्मी जिल्लामा राजनीति र समाजसेवामा निष्ठापुर्वक लाग्दै आईरहेको दावी गर्दै वर्तमान मुलुकको राष्ट्रिय राजनीतिकलाई निकाश दिन एमालेमा प्रवेश गरेको घोषणा गर्नुभयो । श्रेष्ठ सहित एक दर्जन वढी काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा एमालेका पोलिटी ब्युरो सदस्य लगायतका जिल्ला नेताहरुले अविर तथा फुलमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराउनुभएको थियो । नवप्रवेशीलाई स्वागत गर्दै नेता ज्ञवालीले ढिलै भएपनि सही वाटो पहिचान गरेको दावी गर्दै नवप्रवेशीलाई सक्रीय भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग