Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थिक अभाबमा ओछ्यानमै मन बहादुर, सहयोगको आग्रह

Published on 6:14:00 PM //

गगनशिला खड्का
गुल्मीका गुल्मीको सदरमुकाम तम्घासका एक ब्याक्तिले उपचारका लागि आर्थिक रकम सहयोग गर्न आग्रह गर्नुभएको छ । सदरमुकाम तम्घासमा ज्याला मजदुरी गदै आईरहेका धुर्कोट वस्तु गाविस वार्ड नं १ निवासी ५८ वर्षिय मन बहादुर मुखियाले उपचारका लागि आर्थिक रकम नभएपछि आर्थिक रकम सहयोगका लागि आग्रह गर्नुभएको हो । मुखियाको गत दुई दिन अगाडी आफ्नै डेरा नजिक चिप्लीएर लड्दा शरिरको पछाडि रहेको हिपको हाड भाच्चीएको छ । उहाँलाई जिल्ला अस्पताल तम्घासमा उपचारका लागि भर्ना गरेपनि उपचारमा संलग्न चिकीत्सकहरुले जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसक्ने जनाएपछि उपचारका लागि समस्या उत्पन्न भएको हो ।
मखियाको उपचार गुल्मीको सदरमुकाम तम्घासमा सम्भब नभएपछि उहाँलाई उपचारका लागि पाल्पा अथवा बुटवल लैजानुपर्ने भएको मुखियाले बताउनुभयो । उहाँले भन्नुभयो, “हेर्नुस न म त बर्वादै भए, अलि अलि काम गरेर परिवार पालेको थिए ।” मन बहादुरले रुदँै भन्नुभयो, “चिप्लीएर हाड भाचिएपछि केहि कामै गर्न नसक्ने भए, अव कसरी परिवार पाल्ने होला ।” मुखियाले उपचारका लागि आफु संग आर्थिक रकम नभएको गुनासो गर्नुभयो, उहाँले भन्नुभयो, “म संग मैरै उपचारका लागि एक रुपैयाँ पैसो छैन, म कसरी उपचार गराउँ ?”
दुई छोरी, एक छोरा र श्रीमति भएका ५८ वर्षिय मुखियाले दुई छोरीको विवाह गरिदिईसकेका छन । तम्घासमा मन्दीर सरसफाई र ज्यालामजदुरी गरेर १५ बर्षिय छोरा र एक श्रीमतिको पालनपोषण गर्दे आईरहेका मुखियाले आफु विरामी भएपछि राम्रो संग खान समेत नपाएको बताउनुभयो । गुल्मी उद्योग वाणिज्य संघका पुर्व परिचर समेत रहेका मुखियाको उपचारका लागि गुल्मी उद्योग वाणिज्य संघले सहयोग रकम संकलन गरिरहेको छ । आर्थिक अभाबमा अस्पतालको शैयामा छटपटाईरहेका मुखियालाई सहयोग गर्नका लागि गुल्मी उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
गुल्मी उद्योग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद पोख्रेलले गरिव र निमुखालाई सहयोग गरी उनिहरुका लागि नयाँ जिवन प्रदान गर्नुनै महान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नाम र इज्जतका लागि धेरै काम गरिरहेका हुन्छौ त्यस मध्ये आर्थिक अभाबमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्नु नै हामीले गर्ने महान कामको एक हिस्सा हो ।” पोख्रेलले भन्नुभयो “मन बहादुर मुखिया जस्तालाई सहयोग गरौँ, जसले हामीले गरेको एउटा सानो र थोरै रकमले उसको नयाँ जीवनको शुरुवात हुन्छ ।”

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग