Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला स्तरीय क्रिकेटको उपाधी रेसुंगा युवा क्लबलाई

Published on 7:58:00 PM //


घनश्याम गौतम
तेस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी रेसुंगा युवा क्लबले हात पारेको छ ।
टस जितेर फिल्डिङ्गमा उत्रेको रेसुंगा युवा क्लबले प्रतिस्पर्धी नव दिपज्योती युवा क्लब सिमिचौरलाई अन्तिम ओभरमा अल आउट गर्दै ९४ रनमा सिमित गराएको थियो । ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको रेसुंगा युवा क्लबका लागि त्रिदेव कार्कीले सर्वाधिक ५२ रनको योगदान गरे ।
रेसुंगा युवा क्लबले १४ ओभरमै ८ विकेटको जित हासिल गरेको थियो । जितसंगै क्लबले २० हजार रुपैंया नगद, ट्रफि र प्रमाणपत्र हात पारेको आयोजक क्रिकेट एशोसियसन अफ नेपाल गुल्मी शाखाका कोषाध्यक्ष राजु कुंवरले बताए । जितका लागि रेसुंगाका किरण बुढाथोकीले ३ विकेट, त्रिवेद कार्कीले २ र सुमन टण्डनले १ विकेट लिएका थिए । नव दिपज्योतिका लागि क्याप्टेन विष्णु कुंवरले २८ रन जोडेका थिए ।
क्यानका अध्यक्ष श्याम क्षेत्रीका अनुसार जिल्ला भरबाट २२ टिम सहभागी प्रतियोगितामा स्मार्ट च्यम्प क्रिकेट टिम तम्घासका खेलाडी अमृत कुंवरले एकै म्याचमा ७ विकेट लिए । उनले नव प्रगतिशिल युवा क्लब दरबारदेविस्थानलाई १४ रनको सबै भन्दा लो स्कोरमा सिमित गराए । त्यस्तै प्रतियोगितामा नव दिपज्योति युवा क्लब सिमिचौरका ध्रुव राना बेष्ट ब्याटमेन बने । रानाले सिरिजमा १ सय ७४ रनको योगदान गरे ।
स्मार्ट च्वाईस ग्लोबल एजुकेशन, तम्घास मुख्य प्रायोजन गरेको तियोगिताको मेन अफ दि सिरिज रेसंगाकै त्रिवेद कार्की बने । कार्कीले महत्वपूर्ण १० विकेट लिंदै प्रतियोगितामा १ सय ५२ रन जोडेका थिए । प्रतियोगितामा ११ विकेट लिंदै बेष्ट बलर पनि रेसुंगाकै किरण बुढाथोकी बने ।
आयोजकका अनुसार प्रतियोगित २२ टिम मध्ये रेसुंगा, नव दिपज्योती, विरबास युवा क्लब बिरबास र भ्यालीज इलाभेन युवा क्लब तम्घास सेमी फाइनलमा प्रवेश गरेका थिए । बिजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कबिन्द्र ने पालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग