Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुटवलको कृषि मेलामा उखु पेल्दै गुल्मीका किसान

Published on 5:49:00 AM //

सञ्जय विश्वकर्मा
गुल्मीको जुभुङ गाविस स्थित घोराहामा उखु पेल्दै कृषक ।
फाईल तस्बिर: पाण्डव गौतम 
‘तराईमा आधुनिक मेसिनबाट उखु पेलेर चिनी तथा गुण बनाउने गरिन्छ तर हामी पहाडमा भने यसरी नै परम्परागत प्रविधीबाट उखु पेलेर खुदो तथा गुण उत्पादन गर्दै आइरहेका छौं’– गुल्मीका उखु कृषक ईश्वरी भण्डारी बुटवलमा जारी कृषि मेलामा अवलोकन कर्तालाई परम्परागत उखु पेल्ने मेसिनको बारेमा जानकारी दिँदै थिए ।
गोरुद्वारा परम्परागत मेसिनबाट उखु पेल्ने पुरानो प्रविधी कृषि मेलाको मुख्य आकर्षणको रूपमा रहेको छ । पहाडी जिल्ला गुल्मीमा उत्पादन भएको उखुलाई गाउँमै प्रशोधन गरी खुदो तथा गुण बनाउँदै आएको भण्डारीले उत्पादनलाई प्रचार–प्रसार गर्ने उद्देश्यले बुटवलमा सुरु भएको कृषि मेलामा पनि सहभागिता जनाएका छन् ।
‘परम्परागत प्रविधीबाट उत्पादन भएको खुदो तथा गुण स्वास्थको लागि अति उत्तम हुने र विभिन्न रोगहरूको औषधीको पनि काम गर्ने भण्डारी बताउँछन् ।
गाउँको सो उत्पादनलाई प्रचार–प्रसार गरी सहरसम्म पु¥याउने योजनाका साथ गुल्मीका कृषकहरू अघि बढेका छन् । ईश्वरी भण्डारी तथा शिव गौतम मिलेर बिजी गु्रपको गठन गरी पहाडी उखुको उत्पादनको बजार विस्तार गर्ने कार्यमा जुटेका छन् । उनीहरूको यो कार्यलाई बुटवलस्थित बुटवल ग्रीन प्यालेसले पनि सघाइरहेको छ ।
पहिले गाउँको उत्पादन गाउँमा मात्रै सिमित राख्दै आइरहेका उनीहरूले अहिले भने बजार विस्तारको क्रमसँगै रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, पाल्पा स्याङ्जालगायतका जिल्लाहरूमा बजार विस्तार गरिसकेको बताए । पहाडी जिल्लामा उत्पादन भएको उखु पूर्ण रूपमा अर्गानिक भएकाले तराईको उखु भन्दा सबै दृष्टिले निकै राम्रो हुने बुटवल ग्रीन प्यालेसका संचालक टेक बहादुर थापा बताउँछन् । अर्गानिक उत्पादनको बजार निकै राम्रो रहेको र यसको प्रवद्र्धनमा सरकारले पनि सहयोग पु¥याउनु पर्ने उनी बताउँछन् तर अर्गानिक उत्पादनलाई सहयोग गर्नुको सट्टा सरकारले अवरोध खडा गरिरहेको उखु खेती सम्बन्धी जानकार विजी गु्रपका संचालक ईश्वरी भण्डारीले गुनासो गरे ।
‘अर्गानिक उत्पादन भन्दै हामी खुदो तथा गुणलाई बजारसम्म बिक्री गर्न ल्याउँछौं तर सरकारले अनावश्यक कर लगाएर कृषकलाई हतोत्साहित गरिरहेको छ’ भण्डारीले भने– ‘गाउँको उत्पादनलाई बजारसम्म ल्याउनको लागि सरकारले पनि असयोग गरिरहेको छ ।’ गतवर्ष खुदो तथा गुँणलाई बुटवल लगायतका बजारमा बिक्री गर्न ल्याउँदा राजस्व कार्यालयले राजस्व काट्न लगाएको उनले गुनासो गरे । परम्परागत प्रविधीबाट उत्पादन गर्दा लागत बढी लाग्ने र त्यसैमाथि सरकारले पनि विभिन्न करहरू लगाउँदा आफ्नो उत्पादनको मूल्य अधिकतम हुन जाँदा पहाडीया खुदो तथा गुँणले बजार नपाएको उनले गुनासो गरे ।
त्यस्तै भारतबाट आयात हुने सस्तो तथा गुणस्तरहीन गुँणले गर्दा पनि पहाडीया गुँणले बजार लिन नसकेको उनले बताए । ग्रामीण उत्पादनलाई बजारीकरण गर्नको लागि सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।
कृषि मेलाको पहिलो दिनमा मात्रै करिब १० हजार रूपैंयाँको खुदो तथा गँुणको कारोवार भएको उनले बताए । गुल्मी जिल्लाका थोर्गा, धरमपानी, हुंगा र दिगाम गरी चार गाविसमा प्रशस्त मात्रामा उखु उत्पादन हुँदै आएको छ ।
त्यहाँका कृषकहरूले उखुबाट उत्पादित खुदो तथा गुँणलाई जिविकोपार्जनको गतिलो माध्यम बनाउँदै आएका छन् । चार गाविसमा करिव ५ सय उखु कृषकहरू रहेका छन् । चार गाविसबाट उत्पादन भएको उखुबाट वर्षेनी एक लाख ७० हजार लिटर खुदो उत्पादन हुँदै आएको छ । सो उत्पादन अहिले स्याङ्जा लगायत लुम्बिनी अंचल लगायतका ६ जिल्लामा मात्रै खपत हुँदै आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग