Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीले शिक्षकलाई आक्रमण गरे, शिक्षकले बिद्याल बन्द गरे

Published on 4:26:00 AM //


भरत पाण्डेय
विद्यार्थीले पटक-पटक शिक्षकमाथि आक्रमण गर्ने क्रम नरोकेपछि गुल्मीको हस्तीचौरमा रहेको हिमालय उच्च मावि अनिश्चितकालका लागि बन्द गरिएको छ।

विद्यार्थीहरुले कहिले विद्यालयमै र कहिले बाटोमा घेरा हालेर शिक्षकमाथि आक्रमण गरेपछि विद्यालय प्रशासनले अनिश्चितकालका लागि विद्यालय बन्द गरेका हुन्। हस्तीचौर-२ हर्पुकोटमा रहेको हिमालय उच्च माविका प्राचार्य दधिराम पन्थी र शिक्षक टामलाल कँुवरलाई सोही स्थानका २१ वर्षीय रामबहादुर कुँवरले आक्रमण गरेपछि विद्यालय बन्द गरिएको प्राचार्य पन्थीले बताउनुभयो।

आइतबार राति प्रचार्य पन्थी र शिक्षक कुँवरलाई विद्यालयमा चलिरहेको साँझको कोचिङ कक्षा सम्पन्न गरी आफ्नो निवासतर्पु फर्कंदै गरेको अवस्थामा एक्कासि निउँ खोजी दुवै शिक्षकलाई हातपात गरेको पन्थीले जानकारी दिनुभयो। कुँवरले पटक-पटक शिक्षकलाई कुटपिट गरिरहेकोले त्यस्ता व्यक्तिलाई हदैसम्मको कार्वाही नगरेसम्म र शिक्षकहरुको जीउज्यानको सुरक्षासम्बन्धी ग्यारेन्टी नभएसम्म विद्यालय नखुलाउने प्राचार्य पन्थीले बताउनुभयो। कुटपिट गर्ने व्यक्ति भने रातिदेखि नै फरार भएकाले प्रहरी चोकी धनार्जीबाट खटिई गएको प्रहरी टोलीले तीव्ररुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी गराएको छ।

गत मंसिरमा पनि शिक्षक पदम पाण्डेयलाई स्थानीय विद्यार्थीले कुटपिट गरेका थिए। तर जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा लिइएका ती व्यक्तिहरुलाई राजनीतिक संरक्षण दिँदै स्थानीय केही व्यक्तिहरुले छुटाएपछि लगातार शिक्षकमाथि आक्रमणका घटना बढेका छन्। विद्यालय प्रशासनले कडा गरेको भन्दै आफूमाथि कुटपिट गर्नेलाई कार्वाही गर्नुको सट्टा उल्टै संरक्षण दिएपछि आफूले विद्यालय नै छाडेको शिक्षक पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार उक्त विद्यालयमा विद्यार्थीले पढाइरहेको समयमा शिक्षकलाई प्लास्टिकमा पिसाबको पोको पारेरसम्म हिर्काउने गर्दछन्।

विद्यालयमा अविभावकले नै विद्यार्थीलाई नियन्त्रण नगर्ने र आक्रमण गर्नेहरुलाई राजनीतिक संरक्षण दिने गरेको कारण विद्यालय अस्तव्यस्त बनेको अविभावक लक्ष्मण पन्थीले बताउनुभयो । गाविसभित्रका शिक्षकले अनुशासन कायम गर्न नसकेपछि पाण्डेलाई ल्याइएको तर उनलाई आक्रमण गर्नेहरुलाई राजनीतिक संरक्षण दिई कार्वाही नगरेकोले पाण्डेले विद्यालय छोडेपछि विद्यालय नै अस्तव्यस्त बनेको पन्थीको भनाइ छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग