Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशमा मरेको छोराको लाश पर्खदा पर्खांदै बाबुको मृत्यु

Published on 4:13:00 AM //


होम कार्की
दशैंको मुखमा गुल्मीका ८० बर्षीय बिनि माधब पन्तले छोरोको साउदी अरबमा मृत्यु भएको खबर पाए । त्यतिखेर आएको खबर आधिकारिक हो/होइन भन्दैमा केही दिन अन्योलमै बित्यो । त्यो खबर सुनेपछि दशैं मनाएनन् ।

उनका ४२ बर्षीय छोरा कमलप्रसाद पन्त साउदीमा काम गर्न थालेको दुई बर्ष बितेको थियो । नियमित रुपमा आइराख्ने फोन पछि आउन छाडेपछि परिवारको मनमा छिरेको चिसो पुष्टि भयो । छोरा कमल साउदीको नाइरिया भन्ने ठाउँमा उनी उँटको हेबचार गर्दथे ।

मजरामा एक्लै उँटको रेखदेख गर्दै आएका कमलप्रसादले २८ सेटेम्बरमा ‘आत्महत्या’ गरेको मेडिकल रिपोर्टमा उल्लेख छ । बुढेसकालमा छोरोको मृत्युले निकै आघात परेका बाबु बिनिमाधब काठमाडौंमा भएका आफन्तजनमार्फत छिटोभन्दा छिटो शब ल्याउने प्रयासमा जुटिहाले । आफन्तले सकेसम्म साउदीस्थित नेपाली दुताबासमा संपर्क गरी शब पठाइदिन अनुरोध गरिरहे ।

मरेको शबको पनि भिसा लगाउनुपर्ने साउदीबाट हत्तपत्त शब आइहाल्दैन् । गुल्मी बलेटक्सार ८ का यी बृद्धा आफ्नो छोरोको शबको पखाईको पीडा सहन नसकेर ज्यान गए । ‘बुबा दाईको शब नआएप्रति निकै चिन्तित भइराख्नुभएको थियो’, भाई बिश्वले कान्तिपुरलाई भने ‘समयमै शब नआइदिंदा बुबाको ज्यान गयो ।’

‘दाई त जानुभएको पीडा त छँदैछ, झन त्यो माथि बुबा पनि गइदिनुभयो’, बिश्व भन्दै थिए ‘यस्तो पीडा सहन निकै गाह्रो हुँदोरहेछ ।’

भर्खरै बाबुको काजक्रिया सकेर बसेका यी परिवारले अझै कमलको शब पाउन सकेको छैन । उनीहरु शब आउने प्रक्रियाको बारे अझै बेखर छ । ‘दाई के गर्नुहुन्थ्यो, साउदीको कुन ठाउँमा बस्नुहुन्थ्यो ? केही थाहा थिएन’, बिश्वले भने ‘भाउजुसँग हप्तामा एकपटक कुरा भइराख्थ्यो । त्यतिखेर कामको सोधपुछ भन्दा बढी सञ्चोबिसञ्चोबारे कुराकानी हुन्थ्यो ।’

दलालमार्फत् भारतीय बाटो हुँदै साउदी गएकोले नेपालमा समात्ने निकाय बलियो नुहँदा शब ल्याउन झन समस्या परेको उनले बताए । साउदीस्थित नेपाली राजदुत उदयराज पाण्डेले स्पोन्सर गैजम्मेवार भइदिंदा  समयमै शब पठाउन नसकिएको बताए । ‘आफैंले ठुलो खर्च गरेर कामदार झिकाएको र उल्टै आत्महत्या गरेरकोले शब आफ्नो लागतमा नपठाउने’  अडानमा स्पोन्सर बसिरहे । ‘यहाँको स्थानीय प्रहरी लगाएपछि स्पोन्सर बल्ल शब पठाउन राजी भयो । अस्ती (मंगलबार, २४ जनवरी) मात्रै हामीले शब पठाउन स्वीकृत दियौं’, राजदु्त पाण्डेले भने ‘अब १०/१५ दिनमा नेपाल पुग्छ ।’

एक लाख रुपैया खर्चेर साउदी गएको कमलका दुई साना छोराछोरा छन् । ‘आत्महत्या’ भएकाले उनले मासिक तलबबाहेक बिमा पाउने छैनन् । मजरा, कृषि र घरेलु कामदारले साउदीको गेसो मार्फत पाउने बिमा समेत नपाउने ब्यबस्था छ । पन्तले तलब बापत पाउने २६ सय रियाल भने दुताबासमा जम्मा भइसकेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग