Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आवेगमा हिर्काएँ, ऊ त भुइँमा ढली

Published on 4:43:00 AM //


टपेन्द्र कार्की
'पहिला पनि झगडा हुँदा ऊ नकुट्दै भुइँमा पल्टिन्थी, त्यस दिन भने आवेगमा हिर्काएँ, ऊ त भुइँमा ढली, पहिलाकै जसरी नाटक गरिछे भनेको त होस नै खुलेन, उसको मृत्यु नै भएछ ।'
माथिका भनाइ सशस्त्र प्रहरी नायब महानिरीक्षक -डीआईजी) रञ्जन कोइरालाको हो । आइतबार मात्र श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा पक्राउ परेका डीआईजी कोइरालाले अनुसन्धानमा संलग्न प्रहरी टोलीसँग सो बयान दिएका छन् ।
कोइरालाले आवेशमा आएर पत्‍नी गीताको हत्या गरेको बताए पनि कारण भने अझै खोलेका छैनन् । 'के कारणले हत्या गरियो भन्ने कुरा आएको छैन,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने । उनले आइतबारको बयान फर्ेर्दे आफू एक्लै गएर कुटपिट गर्दा गीता बेहोस भई ढलेपछि कहिल्यै होस नखुली मृत्यु नै भएको बयान पनि दिएका छन् ।
'आफैंले मारेको हुँ जे सजाय भोग्नुछ मै भोग्छु,' कोइरालाको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार कोइरालाले गीताको हत्यापछि शवलाई तन्नामा पोको पारेर गाडीमा राखी मकनावपुरको पालुङ पुर्‍याएको बताएका छन् । 'हिर्काएर भुइँमा ढलेपछि उनको मृत्यु भयो, भाटभटेनीनजिक कोठा भएका ड्राइभरलाई गाडी मगाएँ, त्यसपछि उसलाई फर्काइदिएर तन्नामा पोको पारेको लासलाई आफंैले राखेर एक्लै दामन लगेर जलाएँ', प्रहरीसँगको बयानमा अभियुक्त कोइरालाले भनेका छन्, 'बिहान पौने तीन बजेतिर बाटोनजिकै शव जलिसक्यो भनेर फयाँकेको थिएँ, अलि हतार भयो, सडकमा गाडी चल्न थाल्यो, बाँकी रहेका शवको टुक्रा पनि सडकमुनि फयाँकेर हिँडें ।'
उनले बयानमा आफूबाहेक अन्य कोही पनि गीताको हत्या र लास जलाउने कार्यमा संलग्न नभएको समेत बताएका छन् । 'म एक्लै हुँ, मैले नै सबैथोक गरें, अरू कोही संलग्न छैनन्', कोइरालाले बयानमा भनेका छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भने एक्लै र आवेशमा आएर हत्या गरेको नभई नियोजित नै भएको भन्दै थप अनुसन्धानमा लागेका छन् । 'छोरा लिएर जानु र पत्नीको हत्या गर्नु नै नियोजित देखिन्छ,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
डीआईजी कोइरालाले आइतबार भने ४ लाख दिएर हत्या गर्न लगाएको बताएका थिए । 'केटाहरूलाई चार लाख दिएर पठाएको, मार्न चाहिँ नमार भनेको थिएँ, तर हत्या नै गरेछन्,' आइतबारको बयानमा कोइरालाको भनाइ थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका कोइरालाले  शव फयाँक्न मण्डी र तन्ना प्रयोग भएकाले केही अप्ठयारो भएको पनि बताएका छन् । सडकछेउमै लास जलाएकाले पत्याउने आधार भए पनि आवेश नै हो भन्ने विषयमा आश्वस्त हुन नसकेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । डीआईजी कोइराला चीनबाट नेपाल आएपछि सुरक्षाको कारण देखाउँदै सशस्त्र प्रहरी बलको मुख्यालयमा हतियार आवश्यक भएको भन्दै पेस्तोल मागेका थिए ।
तर, चीनबाट फर्केको आधिकारिक जानकारी कार्यालयलाई नभएको भन्दै हतियार दिन अस्वीकार गरेको थियो । 'औपचारिक जानकारी थिएन, हतियार दिन आवश्यक ठानिएन,' मुख्यालय स्रोतले भन्यो  । तर, गाडी भने उनले लिएर हिँडेका थिए ।
'मुख्यालयमा हतियार माग्नु र उनको हत्या हुनु घटनासँग कहीं न कहीं मेल खान्छ, हामी थप अनुसन्धानमा छौं,' अनुसन्धानमा रहेका प्रहरी अधिकारीले भने । प्रहरीले गीताको शव फयाँक्न प्रयोग गरेको गाडी नियन्त्रणमा लिएको छ । उनले गीताको शव बा१झ ६२१३ नम्बरको सशस्त्र प्रहरीको गाडीको डिकीमा राखी मकवानपुरको पालुङ लगेका थिए ।
महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका कोइरालाले सोमबार बयानका क्रममा हत्यापछि शव लुकाउन प्रयोग भएको गाडीबारे जानकारी दिएपछि नियन्त्रणमा लिइएको हो । डीआईजीका हैसियतमा उनले प्रयोग गर्दै आएको गाडीमै शव लगेका हुन् ।
उनले शव पुरेपछि २८ पुसको बिहानै सशस्त्र प्रहरी बलको मुख्यालयमै गाडी छाडेका थिए । परिसरका एसपी राजेन्द्र श्रेष्ठले बयानका आधारमा हत्यापछि प्रयोग भएको गाडी नियन्त्रणमा लिएको जानकारी दिए । 'प्रयोग भएको गाडी हाम्रो नियन्त्रणमा छ, यसबारे थप अनुसन्धान गर्दै छौं,' उनले भने । चीनबाट फर्केर आएपछि उनले सशस्त्र प्रहरीबाट गाडी सुविधा लिएका थिए ।
तर, श्रीमतीको  हत्यापछि उनले सो गाडी बुझाएका हुन् । प्रहरीले अुसन्धानका लागि कोइरालाको गाडी चालकलाई समेत नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा कोइरालाका आफन्त र सहयोगी केहीलाई बोलाएको भए पनि मंगलबार पुनः बोलाउने भन्दै फर्काएको छ ।
गत २७ पुसमै श्रीमतीको हत्या गरी उनी चीन जान लागेका थिए । तर, पत्नी गीता सर्म्पर्कविहीन भएपछि माइती पक्षले कोइरालाले नै बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले सोमबार नै गीताको निवास पुगी मुचुल्का गरेको छ ।
राजाधानी दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग