म्यूजीयममा १२ इन्चको लिंग
Published on
3:01:00 AM //
संग्राहलयमा महत्वपूर्ण पुरातात्विक वस्तुहरु संग्रह गरिन्छ । तर रुसमा यस्तो संग्राहलय छ जहाँ एकजना मान्छेको लिंग राखिएको छ । आखिर सबै पुरुषमा हुने अंग लिंग किन संग्राहलयमा राखियो होला भन्ने जिज्ञासा उठ्नसक्छ । त्यो संग्राहलयले कुनै चानचुने लिंग राखेको होइन । झण्डै १ सय वर्ष पूरानो भिमकाय लिंग राखेको हो ।
रुसमा लभ मेसिनको नामले चिनिने रास्पुतिन भनिने गिरिगोरी येफिमोविच रास्पुतिन नामका व्यक्तिको लिंग हो त्यो । त्यो लिंगको लम्बाइ २९ सेन्टिमिटर अर्थात् ११ दशमलब ८ इन्च लामो छ । सेन्ट पिटर्सवर्गमा रहेको संग्राहलयमा राखिएको उक्त लिंग अहिले सबैको आकर्षणको केन्द्र मात्र बनेको छैन विश्वकै सबैभन्दा लामो लिंगको रुपमा समेत रहेको छ ।
रुसको इतिहासमा सबैभन्दा रहस्यमयी एवम् आकर्षक व्यक्ति मानिने रास्पुतिन निकै अग्ला कदका व्यक्ति थिए जसलाई जर्मनीको जासुस भएको आरोप समेत लाग्ने गरेको थियो । उनको स्त्री लम्पट थिए र यौनका भोगी थिए । उनमा जनावरको भाषा बुझ्ने अद्भुत क्षमता थियो भनिन्छ । यस्ता रास्पुतिनको सन् १९१६ मा हत्या गरेर हत्याराले उनको शव सेन्ट पिटर्सवर्गको एक नहरमा फालेका थिए ।उनको शवको पोस्टमार्टमका क्रममा निकै असामान्य लिंग देखिएपछि रशियन एकेडेमी अफ नेचुरल साइन्सका शोधकर्ता आइगर न्याजकिनले सेन्टपिटर्सवर्गको संग्राहलयमा सुरिक्षत राख्ने इच्छा व्यक्त गरे र पुलिसको अनुमति लिएर रास्पुतिनको लिंग सँगै अरु धेरै अंगहरु समेत त्यहाँ सुरक्षित राखियो । रसायनमा डुबाएर राखिएका उनका भिमकाय अंग अहिलेको पुस्तालाई समेत अध्ययनको विषय बनिरहेका छन् ।










0 प्रतिकृयाहरु