Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुचना लुकाउने सरकारी नियतको गुल्मीका पत्रकारद्धारा विरोध

Published on 10:10:00 PM //


पि.एम.मगर
सरकारले सुचना लुकाउने नियतले सुचनाको वर्गीकरण गरेको भन्दै गुल्मी लगायत देशका सवै जिल्लाका पत्रकारहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधवार विहान १ घण्टा धर्ना दिईएको छ। धर्नामा नेपाल पत्रकार महासंघका पदाधिकारी संगै नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ लगायतका पत्रकार संघ संगठनका पदाधिकारीहरु तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई नेपाल पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष नवराज भुसालले सम्वोधन गर्नुभएको थियो । सर कारले जनताको सुसुचित हुन पाउने अधिकार कुण्ठित गर्न वदनियतपुर्वक एक सय ४० प्रकारका सुचना लुकाएर सुचनाको वर्गिकरण गरेको भन्दै आपत्ती जनाउनुभयो।
यस्तै अर्घाखाँचीमा पनि पत्रकारहरुले जिल्ला प्रशासनमा धर्ना दिएका छन् ।  विरोध सभामा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिमबहादुर जिसि (लेकाली), सचिब प्रेमनारायण आचार्य, महासंघका पुर्ब अध्यक्ष नीमबहादुर रिजाल, प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल, क्रान्तिकारी पत्रकार संघका सचिब गणेश खनाल, प्रेस चौतारीका अध्यक्ष पार्बता श्रेष्ठ, प्रगती शिल पत्रकार महासंघका अध्यक्ष ईन्द्रमणि भुसाल लगायतले मन्तब्य राखेका थिए । यसैविच सरकारले ल्याएको १ सय ४० बुँदे सूचना लुकाउने पत्र प्रेस चौतारी नेपाल दाङले आज जलाएको छ ।
चौतारी दाङका अध्यक्ष दुर्गालाल केसीको अगुवाईमा सो पत्र जलाइएको हो । १ सय ४० बुँदे जलाउदै चौतारीका केन्द्रीय सदस्य सुदर्शन रिजाल, नेपाल पत्रकार महासंघका सचिब सबिन प्रियाशन, सल्लाहकार शुशील गौतम लगायतले सरकारी गलत निर्णयको डटेर सामना गर्ने बताउनुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग